Sat. Mar 1st, 2025

झोला फिल्म फेरी चल्ने

jhola

काठमाडौं– सय वर्षपहिले नेपाली समाजमा विद्यमान सती प्रथाको विषय उठान गरेको फिल्म ‘झोला’ पुनः प्रदर्शनमा आउने भएको छ। फिल्म आगामी वैशाख ११ देखि देशव्यापी रुपमा पुनः प्रदर्शनमा आउने छ। गत वर्ष २०७० साल माघ २४ मा रिलिज भएर फिल्मले दर्शकको राम्रो साथ पाएको थियो।

‘पहिलो रिलिजमा धेरै दर्शकले फिल्म हेर्न नपाएको गुनासो आएको तथा पछिल्लो समय महिला हिंसाको घटना बढिरहेकाले यसको सान्दर्भिकता देखेका हौं,ु निर्देशक यादब भट्टराईले भने।

‘झोला’ सामाजिक सञ्जाल युट्युबमा र डिभिडीमा पनि सार्वजनिक नहुने यसअघि नै निर्माण युनिटले बताउँदै आएको छ। देश तथा विदेशका विभिन्न फिल्म फेस्टिभलहरुमा प्रदर्शन भइसकेको यो फिल्म नेपालबाट अस्कर अवार्डका लागि पनि पठाइएको थियो। अभिनेत्री गरिमा पन्तले यही फिल्मबाट ‘सार्क फिल्म फेस्टिभलुमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पारेकी थिइन्।
फिल्ममा गरिमा पन्तसँगै देशभक्त खनाल, दीपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ। राज तिम्सिना, मालती शाह, सुशील शाह, रामगोपाल श्रेष्ठको लगानीमा तयार भएको फिल्मलाई एफडी कम्पनीले वितरण गर्न लागेको हो।
फिल्म देशभरका ५० भन्दा बढी हलमा रिलिज हुनेछ। कृष्ण धरावासीको कथामा आधारित फिल्मलाई दीपक आलोकले पटकथामा रुपान्तरण गरेका हुन्।

 

About The Author

अन्य समाचारहरु: