Wed. Nov 27th, 2024

फुलेको सेतो कपाल कालो कसरी बनाउने ?

२१ जेठ धादिङ –

तपाईंको कपालले सुन्दरता मात्र हैन तपाईंको व्यक्तित्वलाई पनि झल्काउँछ । र कतिपय अवस्थामा कपालले उमेर र स्वास्थ्य अवस्थाको समेत महत्व दर्साउँछ । पहिले पहिले कपाल सेतो हुँदै जानु भनेको मानिस बुढो हुँदै गएको मानिन्थ्यो ।

तर अहिले जवानीमै कपाल फुल्ने (सेतो हुने) क्रम बढ्दै गएको छ । यो समस्या उमेरसँग भन्दा पनि स्वास्थ्यसँग सम्बन्धित हुन्छ । कतिपय व्यक्तिले सेतो बनेको कपाललाई कालो बनाउन विभिन्न खाले कस्मेटिक रंग र मेहन्दीको प्रयोग गर्छन् । तर, बजारमा पाइने त्यस्ता रंगहरुमा विभिन्न खाले केमिकल मिसिएको हुने भएकाले त्यसले स्वास्थ्यमा झन गम्भीर समस्या निम्त्याउँछ ।

सेतो बन्दै गएको कपाललाई हामीले प्राकृतिक उपायबाटै पनि कालो बनाउन सक्छौं । त्यसका लागि चाहिने धेरैजस्तो सामग्रीहरु तपाईं हाम्रो भान्सा र घर वरपर नै उपलब्ध हुन्छन् ।

अमला

सानो देखिने अमला हाम्रो स्वास्थ्यका लागि फाइदाजनक त छ नै यसको नियमित उपयोगले सेतो भएको कपाललाई कालो पनि बनाउन सकिन्छ । यदि तपाईंले महेन्दीमा अमला मिलाएर लगाउनुभयो भने यसले सेतो कपाललाई प्राकृतिक रुपमै कालो बनाउँछ ।

काचो अमलालाई मसिनो गरी काटेर नरिवलको तेलमा मिलाएर पनि कपालमा लगाउन सक्नुहुन्छ ।

मरिच

कालो मरिचलाई हामीले खानाको स्वाद बढाउन प्रयोग गर्छौं । तर तपाईंलाई थाहा छ कि छैन यसले सेतो भएको कपाललाई कालो पनि बनाउँछ भनेर । कालो मरिचलाई पानीमा उमाल्नुहोस् । टाउको राम्रोसँग धोएपछि उक्त पानीलाई कपालमा लगाउनुहोस् । लामोसमयसम्म यस्तो गर्नाले तपाईंको कपाल प्राकृतिक रुपमै कालो हुँदै जाने छ ।

कफि र कालो चिया

यदि तपाईं सेतो हुँदै गएको आफ्नो कपालका कारण समस्यामा हुनुहुन्छ भने कालो चियाको प्रयोगले त्यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यदि तपाईंले दैनिकजसो कालो चिया र कफिबाट बनेको घोलले आफ्नो कपाल धुने गर्नुभयो भने सेतो भएको तपाईंको कपाल प्राकृतिक रुपमै कालो हुँदै जाने छ ।

२०७५ जेठ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: