Sun. Mar 9th, 2025

नेइमारको उत्कृष्ट प्रदर्शनले ब्राजिल २-० गोलले विजयी

२१ जेठ,  धादिङ –

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्रोएसियालाई २–० गोलले हराएको छ ।

तीन महिनापछि मैदान फर्किएका ब्राजिलका स्टार नेइमारको उत्कृष्ट प्रदर्शनले विश्वकपको दाबेदार ब्राजिलले क्रोएसियालाई २–० ले हराएको हो ।इंग्ल्याण्डको लिभरपुलमा रहेको एनफिल्ड रंगशालामा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र फिरिमिन्होले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि चोटमुक्त हुँदै नेयमार मैदान छिरेपछि ब्राजिलले ६९औं मिनेटमा गोल गर्यो । फिलिप कोउटिन्होको पासमा गोल गर्दै नेयमारले आफू पुरानै लयमा रहेको संकेत दिएका छन् । खेलको इन्जुरी समयमा फिरिमिन्होले गोल थपे ।

विश्वकपमा ब्राजिल ‘समूह ई’ मा छ । ‘समूह ई’मा ब्राजिलसँगै कोष्टारिका, सर्बिया र स्वीट्जरल्याण्ड छन् । यता क्रोएशिया रहेको समूह डीमा अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड छन् ।

२०७५ जेठ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: