Wed. Mar 12th, 2025

नेपाली कांग्रेस धादिङले सबै स्थानीय तहमा अगुवा कार्यकर्ता भेला गर्ने

२१ जेठ,  धादिङ –

नेपाली कांग्रेस धादिङले पार्टीको विधान संशोधन र परिमार्जनका लागि रायसुझाव संकलन र संगठन सुदृढीकरणका लागि धादिङका सबै स्थानीय तहमा कार्यकर्ता भेला गर्ने भएको छ । जेठ २६ गते शनिबार अगुवा कार्यकर्ता भेला आयोजना गर्ने जानकारी दिएको छ । काँग्रेस

धादिङको आइतबार बसेको पदाधिकारी बैठकले २ नगरपालिका र ११ गाउँपालिकामा भेला आयोजना गरी जेठ २९ गतेभित्र एकीकृत रायसुझाव पेस गर्ने गरी स्थानीय तह निर्वाचनमा प्रमुख, अध्यक्ष वा उपाध्यक्षका आफ्ना उमेदवारलाई संयोजकको जिम्मेवारी दिएको छ। नीलकण्ठ नगरपालिकामा प्रमुख भीम ढुङ्गाना र धुनिबेसी नगरपालिकामा महासमिति सदस्य माधवराज पाण्डेलाई संयोजक तोकिएको छ।

गाउँपालिकाहरू रुबीभ्यालीमा जिल्ला सदस्य कुलबहादुर गुरुङ, खनियावासमा आमन्त्रित जिल्ला सदस्य रणबहादुर तामाङ,गंगाजमुनामा पूर्व जिल्ला सदस्य अक्कलबहादुर तामाङ, त्रिपुरासुन्दरीमा महासमिति सदस्य वासु तिमल्सिना,नेत्रावतीमा पूर्व जिल्ला सदस्य टेकजंग लामा, ज्वालामुखीमा अध्यक्ष एवम् जिल्ला सचिव विनोद तिमल्सेना, सिद्धलेकमा नेविसंघका पूर्व सहमहामन्त्री बद्री अर्याल, बेनिघाटमा उपाध्यक्ष देवीप्रसाद सिलवाल, गजुरीमा जिल्ला सदस्य शर्मिला बिसुराल, गल्छीमा विनोद कार्की र थाक्रेमा रामकुमार लामालाई जिम्मेवारी दिइएको छ।

विधान संशोधन समिति गठन
बैठकले महासमिति सदस्य वासु तिमल्सिनाको संयोजकत्वमा नेपाली कांग्रेसको विधान संशोधन एवम् परिमार्जन रायसुझाव सिफारिस जिल्लास्तरीय समितिू गठन गरेको छ । समितिले स्थानीय तहका भेलाको प्रतिवेदनलाई समेत अध्ययन गरी आवश्यक अन्य तह वा निकायलगायतसँग परामर्श गरेर प्रतिवेदन तयार गरी जिल्ला कार्यसमितिको बैठकमा पेस गर्नेछ।

जिल्ला कार्यसमितिको बैठक बस्ने

नेपाली कांग्रेस धादिङले धादिङबाट प्रतिनिधित्व गर्ने आफ्ना महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठक जेठ ३१ गतेलाई बोलाएको छ।उक्त बैठकमा कांग्रेस धादिङका पूर्व पदाधिकारीहरूको पनि सहभागिता हुनेछ। त्यस्तै असार १ गते जिल्ला कार्यसमितिको नियमित बैठक बस्नेछ।

बैठकले स्थानीय तहका भेलाबाट प्राप्त प्रतिवेदन,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि र पूर्व पदाधिकारीहरूको संयुक्त बैठकबाट आएका सुझाव र सिफारिस समितिले पेश गरेको प्रतिवेदन उपर छलफल गरी आफ्नो रायसुझावको प्रतिवेदनलाई अन्तिम रूप दिनेछ।उक्त प्रतिवेदन आगामी असार ५,६ र ७ गते हेटौंडामा हुने जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा धादिङका सभापति रमेश धमलाले पेस गर्नेछन्।

२०७५ जेठ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: