Wed. Nov 27th, 2024

प्रदेश ३ को आकस्मिक कोषमा ५ करोड

२० जेठ, हेटौंडा

प्रदेश ३ प्रदेशसभा बैठकमा आइतबार ‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७५’ प्रस्तुत भएको छ ।

प्रदेश सभा भवन हेटौंडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक प्रस्तुत गरेका हुन् ।विधेयकमा प्रदेश संचित कोषबाट ५ करोड रुपियाँ झिकी प्रदेश आकस्मिक कोषमा राख्नुपर्ने र खर्च हुनासाथ सोधभर्ना गर्नुपर्ने उल्लेख छ ।

बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु छिरिङ दोर्जे लामा, मिना ज्ञवाली, न्हुच्छेनारायण श्रेष्ठ, भावना सुवेदी, विराजभक्त श्रेष्ठ, नरोत्तम बैद्य, डा. राजेन्द्रमान श्रेष्ठले धारणा राखेका थिए । प्रदेशसभा सदस्यहरुले विधेयकले प्राकृतिक वा गैरप्राकृतिक विपद् लगायतका आकस्मिक कार्यमा कोष खर्चिने जनाइएको भन्दै यसलाई विपद् न्यूनिकरणका पूर्व तयारीमा पनि खर्च गर्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।

संसदमा उठेका जिज्ञासको जवाफ दिँदै मन्त्री ढुंगेलले सुझाबलाई सम्पत्तिको रुपमा लिइ आवश्यकता अनुसार विधेयकमा समावेश गरिने बताए ।

२०७५ जेठ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: