Wed. Nov 27th, 2024

विद्यार्थीहरुद्धारा विद्यार्थीलाइ नै छात्रबृत्ति

?

२० जेठ,  धादिङ–

नीलकण्ठ नगरपालिका वडा नं १ मा रहेको शंखादेवी माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले छिमेकी आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ छात्रबृत्ति प्रदान गरेका छन ।
विद्यालयमा गठन भएको सिर्जनशील बालअधिकार क्लवको सक्रियतामा बालबालिकाहरुले विद्यालयमा खाजा खान लगेको पैसा बचाएर जम्मा गरेको रकम नजिकै रहेको अर्को विद्यालय पतेनी आधारभूत विद्यालयका १० जना विद्याथीहरुलाइ प्रदान गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक शिव खतिवडाले भने, ‘बाल क्लवकै भाइबैनीहरुको योजना अनुसार विद्यालयले सहजीकरण गर्ने गरि छात्रबृत्ति कोषको स्थापना गरेका हुन । प्रत्येक वर्ष विद्यालयको बार्षिक उत्सवको अवसर पारेर हामीले हाम्रो छिमेकी विद्यालय पतेनी आधारभुत विद्यालयका विपन्न बालबालिकाहरुलाइ सहयोग स्वरुप प्रदान गरेका छौँ ।’
यस वर्षदेखी प्रदान गरेको छात्रबृत्ति हरेक वर्ष प्रदान गरिने बालक्लवकी अध्यक्ष निर्मला दाहालले भनिन्, ‘बाल क्लव गठन गरेपछि अनुकरणीय काम गर्नुपर्छ भन्ने लागेर अर्को विद्यालयको विपन्न बालबालिकाहरुलाइ स्टेशनरी किन्न सहयोग पुगोस भन्ने उद्येश्यले बाल क्लवले छात्रबृत्ति दिने चलन बसाएको हो ।’

बालबालिकाहरुको नमुना काममा शिक्षकहरुले पनि साथ दिएका छन् । शिक्षहरुले पनि बेला बेलामा खाजा खर्च कटाएको पैसा कोषमा राखिदिने गरेका छन । बालक्लवका संरक्षक शिक्षक यदु कुमार गुरुङले भने, ‘बालक्लवका भाइबैनीहरुले कुनैपनि विद्यार्थीहरुलाइ कोषमा जवरजस्ती पैसा राख्न भनेका छैनन् । बालक्लवको अभियानमा विद्यालयको धेरैजसो भाइबैनीहरु स्वतर्पुmर्त संलग्न भएका छन, आफुले खाजा खाएर बचेको पैसा घर फिर्ता नलगेर कोष बनाएर वर्षभरि राख्ने र वर्षदिनपछि वितरण गर्ने गरेका छौँ ।’ छात्रबृत्ति पाउने विद्यार्थीहरु भने पाउने विद्यालयले विपन्न र जेहेन्दार विद्यार्थी छान्ने गरेको विद्यालयका प्रधानाध्यापक खतिवडाले बताए ।

२०१७ सालमा स्थापित शंखादेवी माद्यमिक विद्यालयमा २०६५ सालबाट माद्यमिक तहको पढाइ हुँदै आएको छ । स्मरणयोग्य कुरा के छ भने हालसम्म पनि ३ जना प्राथमिक दरवन्दीकै भरमा माद्यमिक विद्यालय चलाइरहेको विद्यालयले विगतको एस एल सी र अहिलेको एस इ इ मा जिल्लाभित्र उत्कृष्ट नजिता ल्याउने विद्यालयमा पर्ने गरेको छ । तत्कालिन जिल्ला शिक्षा कार्यलयबाट पटक÷पटक जिल्लाका उत्कृष्ट माद्यमिक विद्यालय भन्दै पुरस्कृत पनि भएको थियो ।

विद्यालयमा हाल १७ जना शिक्षक कर्मचारी कार्यरत छन् जसमध्ये आधारभूत १–८ तहको ३ जनामात्र दरबन्दी सरकारी कोटा उपलब्ध छ । बाँकी १४ जना शिक्षक तथा कर्मचारी निजी स्रोतबाट खाद्यान्न र चंन्दा संकलन गरेर तथा सहयोगी दाताहरुबाट पाएको सहयोग बाट तलव खाँदै आएका छन् । स्थानीय सरकार आएसंगै विद्यालयको दरवन्दी मिलान गरिएको भएपनि नगरपालिका तथा जिल्ला शिक्षा कार्यलयले विद्यालयमा दरवन्दी थप्नको लागि कुनैपनि पहल नगरेको प्रधानाध्यापक खतिवडाले दुखेसो पोखे ।

२०७५ जेठ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: