
अध्यक्ष
अपांग कल्याण संघ गजुरी धादिङ
समाजमा अहिले पनि अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक हुन सकेको छैन । बाहिरी रुपमा केही फरक आएता पनि व्यवाहारिक रुपमा परिवर्तन हुन सकेको छैन । अपांगता भएका व्यक्तिहरुले खासगरी बढी मात्रामा यातयातका साधन तथा राज्यले प्रदान गर्ने सेवाबाट वञ्चित भएका छन् । अपांग भएका काम गर्नका लागि भनेर विभिन्न संघसंस्थाहरु पनि स्थापना भएका छन् । तर उनीहरुका समस्याहरु पुर्ण रुपमा हल हुन सकेको छैन । अपांगता भएका व्यक्तिहरुको अवस्था तथा समस्याका विषयमा अपांग कल्याण संघ गजुरी धादिङका अध्यक्ष गुणराज खतिवडासँग गरीएको कुराकानी कुराकानी :
धादिङमा अपांगता भएका व्यक्तिहरुको अवस्था कस्तो छ ?
धादिङको २५ वटा गाविसको तथ्याङक हेर्ने हो भने ४ प्रकारका अपांगता भएका व्यक्तिहरु छन् । जसमा क वर्गमा पर्ने अपांगताको अवस्था साह्रै नाजुक छ । उनीहरु घरबाट बाहिर निस्किन सक्दैनन् । अभिभावकहरुले बाहिरी रुपमा मेरो छोरो, छोरी, मेरो सन्तान भने पनि बाहिरी व्यावहारिक रुपमा त्यस्तो देखाएको पाइदैन ।
कस्ता व्यक्तिलाई अपांग भनेर चिनिन्छ ?
सामान्यतया राज्यले प्रदान गरेको सेवा सुविधाबाट वञ्चित हुनु र आफ्नो दैनिक जीवनको कार्य गर्न अरुको सहारा लिनु पर्ने व्यक्तिलाई नै अपांग भनेर चिनिन्छ । र सुचना सञ्चारबाट वञ्चित भएका छन् । बहिरा, सुस्तमनस्थिति, लुला, लङगडा लगायतका व्यक्तिहरु अपांगता भएको भन्ने बुझिन्छ ।
के के भएको अवस्थालाई अपांगता भएको भनेर चिन्न सकिन्छ ?
एउटा शारीरिक अपांगता हो, जसभित्र शारीरिक रुपमा अशक्त, शरीरको कुनै भागमा विकृति आयो भने त्यसलाई शारीरिक अपांगता भएको भनेर बुभिन्छ । अर्को नेत्रहिन अपांगता हो यसमा न्युनदृष्टि भएकाहरु पर्छन् । मनोसामाजिक, बहिराहरु पनि यस किमिमको अपांगता भएकाहरुमा पर्छ ।
अपांगता भएका व्यक्तिहरुलाई के का आधारमा परिचयपत्र प्रदान गरिन्छ ?
अपांगतालाई शारीरिक अस्वस्थ्यताका आधारमा चार भागमा विभाजन गरिएको छ । त्यहि अनुसार नै हामीले राज्यबाट प्रदान गर्ने अपांगता परिचयपत्र लिने गरेका छौँ । क ख ग र घ वर्ग गरी छुट्याइदिएको छ । क वर्ग शारीरिक र मानसिक दुवै रुपमा अशक्त भएका व्यक्तिहरु पर्छन् यस वर्गका व्यक्तिले रातो रंगको परिचयपत्र पाउने गर्दछ । त्यस्तै ख वर्गका दुवै आँखा नदेख्ने, बोल्न नसक्ने व्यक्ति पर्दछ । यस वर्गका व्यक्तिले निलो रंगको परिचयपत्र पाउने गर्दछ । ग वर्गका व्यक्तिहरु लड्ठीको सहायताले आफ्नो काम गर्न सक्ने व्यक्ति पर्दछ । यस्ता व्यक्तिहरुले पहेँलो र सामान्य किसिमले खोच्याएर हिड्न सक्ने घ वर्गमा पर्दछ । यस्ता व्यक्तिहरुले सेतो रंगको परिचयपत्र पाउने गर्दछ ।
कस्ता कस्ता समस्याहरु वेहोर्नु परेको छ ?
हाम्रा समस्याहरु त धेरै छन् । घरपरिवार, आफन्तजन लगायत राज्यबाट नै पिडित छौँ र त्यस्तै भौगोलिक रुपमा पनि धेरै समस्याहरु भोग्नुपरेको छ । खासगरी यातयातका साधनहरुमा धेरै रुपमा समस्याहरु झेल्नु परेको छ । भनेको समयमा गाडीहरु नरोक्ने त भएहाल्यौ त्यहि माथि हामी अपांगता देखेपछि गाडी नै रोक्न मान्दैनन् । हामी सरकारी कार्यलयमा सेवा लिनबाट पनि बञ्चित छौँ । सरकारी कार्यलयहरुमा ह्वीलचियर गुड्ने ¥यामको सुविधा नहुदाँ पनि कठिनाई भएको छ । विभिन्न वित्तिय संघसंस्था, अस्पतालहरु पनि हामीले सास्ती व्याहोर्नु पर्ने हुन्छ । एटिएमको सुविधाबाट सबैभन्दा धेरै दुख वेहोर्नु परेको छ । राज्यले दिने हरेक सेवा सुविधाबाट वञ्चित छौँ ।
कस्तो आवाजहरु उठाइरहनु भएको छ ?
यो एक्लै बोलेर हुने कुरा होइन। त्यसैले जिल्लाभर अपांगको क्षेत्रमा काम गर्ने संस्थाले पनि त्यसमा आवाज उठाउनु जरुरी छ । राज्यले दिएका हरेक सेवाहरु किन पाएका छैनौँ त भनेर सबै अपांग व्यक्तिहरुलाई जानकारी गराउने गरेका छौँ । पछिल्लो समयमा धादिङमा परिवर्तन देखिएको छ । हामीलाई हेर्ने दृष्टिकोणमा फरकता आएको छ । सहायक सामग्री कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरामा पनि लागिरहेका छौँ । स्थानीय निकायले अपांगतका लागि छुट्टाएको बजेट कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा गाँउ गाँउमा सशक्त ढंगले आवाज उठाइरहेका छौँ ।
अपांग कल्याण संघ गजुरीले कस्ता कार्यहरु गरिहरेको छ ?
विशेषगरी सीप विकास तालिमहरु सञ्चालन गरिरहेको छ । महिलाहरुका निम्ति सिलाई कटाई तालिम, कम्प्यूटर तालिम, घडी रेडियो मर्मत तालिम लगायतका तालिमहरु सञ्चालन गरिरहेका छौँ । हामीले सञ्चालन गरेका तालिमहरु लिएर उनीहरु आफैले व्यवसायिक रुपमा काम गरिरहेका छन् । अपांग भएका व्यक्तिहरुसँग गुहभेट गर्ने विभिन्न व्यवहारिक कुराहरुको बारेमा जानकारी दिने, विभिन्न सहायक सामग्रीहरु उपलब्ध गराउन मद्धत गर्ने, विद्यार्थीहरुलाई छात्रवृतिको लागि पहल गरिदिने लगायतका कार्यहरु गरिरहेका छौँ ।
धादिङमा अपांगता भएका व्यक्तिहरुको तथ्याङ कति छ ?
२५ वटा गाविसको तथ्याङ छ हामीसँग प्रत्येक गाविसमा १५० अपांग व्यक्तिहरु फेला पारेका छौँ यो भित्रमा बढी मात्रामा शारीरिक अपांगता भएका व्यक्तिहरु बढी छन् । र सबैभन्दा ठूलो समस्या वौद्धिक अपांगता भएका बालबालिका बढी छन् । मनोसामाजिक अपांगता भएका व्यक्तिहरु बढी छन् । मनोसामाजिक अपांगता भएका व्यक्तिलाई राज्यले न त परिचयपत्र उपलब्ध गराउन कोसिस गर्छ न उ अपांग होइन भन्न सकिन्न ।
विद्यालय तथा अन्य निकायहरुबाट कसरी सेवा लिइरहनु भएको छ ?
धादिङ जिल्लामा एउटा विद्यालय महादेवबेसीमा रहेको जनजागृति उच्च माविमा अपांगता भएका व्यक्तिहरु मात्र अध्यायनरत छन् । यसले अपांगता भएका व्यक्तिहरुलाई सहयोग पु¥याएको छ । हामीले अन्य विद्यालयहरुमा पनि छात्रवृतिका लागि पहल गरेका छौँ । सरकारी कार्यलयहरु कुनै काम विशेषले जान पर्दा अरुको सहारा लिएर काम गर्ने गछौँ ।
अब राज्यले कस्तो निति ल्याएदिओस् भन्ने चाहनुहुन्छ ?
सर्वप्रथम राज्य पक्षका व्यक्तिहरुमा पनि हाम्रा अवस्थाहरुको बारेमा जानकारी होस् । अपांगका समस्याहरु आफ्नै समस्या भन्ने बुभ्नु आवश्यक छ । अपांग भएका व्यक्तिले दैनिक रुपमा प्रयोग गर्ने औषधि निशुल्क भइदियोस् भन्ने चाहना हामीले गरेका छौँ ।
प्रस्तोता : सरिता श्रेष्ठ