१८ जेठ, धादिङ –
कृषि यन्त्र संचालन तथा मर्मत सम्भार सम्वन्धि १ दिने तालिम सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यलय धादिङले आयोजना गरेको कार्यक्रममा किसानहरुलाई कृषि यन्त्र संचालन तथा मर्मत सम्भार सम्वन्धि तालिम दिईएको छ ।
सम्वृद्धिको लागि कृषि क्षेत्रमा आधुनिकीकरण , व्यवसायिकरण र यान्त्रीकरण गर्ने उदेश्यका साथ तरकारी जोन कार्यलयको स्थापना भएको छ । सोहि कार्यक्रम लागु गर्ने उदेश्यका साथ किसानहरुलाई तालिम दिईएको हो ।
वि.टी एल प्रा.लि का विषय विशेषज्ञ निलकण्ठ शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । तालिममा किसानहरुले खेतीको लागि प्रयोग गर्ने कृषि यन्त्रहरु पाआर ट्रेलर,मिनी ट्रेलर जस्ता वस्तुलाई कसरी प्रयोग गर्ने र यसको सम्भार कसरी गर्ने भन्ने विषयमा तालिम दिईएको थियो । तालिममा ४५ जनाको सहभागिता रहेको थियो ।
२०७५ जेठ १८ गते प्रकाशित