
सरकारले कृषि क्षेत्रको विकासको लागि विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रको विकास भयो भने मात्रै आम नागरिकहरु समृद्ध तर्फ आर्कषित हुन सक्छन् भन्ने विश्वास सरकारले लिएको छ । यसै क्रममा सरकारले प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रम परियोजना संचालन गरेको छ । कृषिका विभिन्न क्षेत्रलाई लिएर यो आयोजना संचालन गरिएको छ । धादिङ जिल्लामा पनि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना संचालन भएको छ । यो आयोजना अन्तर्गत धादिङमा तरकारी जोन कार्यलय र मकै जोनको कार्यक्रम संचालन भएको छ । धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिकाको दुई नम्वर वडा, सिद्धलेकको २ वटा वडा र गोरखाको गण्डकी गाउँपालिकाको २ वटा वडालाई यसले आफ्नो कार्यक्षेत्रको रुपमा लिएको छ । यो कार्यलय स्थापना गरिसकेपछि यस क्षेत्रमा कस्ता कस्ता कस्ता कार्यक्रमहरु लागु गर्न खोजिएको छ । यसै विषयमा तरकारी जोन कार्य वरिष्ट अधिकृत केशव प्रसाद काफ्लेसंग पाविलन्यूज डटकमका संवाददाता सृजना लम्सालले गरेको कुराकानीको सारसंक्षेप
तरकारी जोन कार्यलय स्थापना भएको छ, तरकारी जोनको कार्यक्षेत्र, काम गर्ने कार्यशैली र कसरी स्थापना भयो ?
– यो नेपाल सरकारको प्रधानमन्त्री कृषि विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हो । यो परियोजनाको कार्यन्वयन एकाई हो । सरकारले कृषिलाई व्यवसायिकरण गर्न र यन्त्रीकरण गर्ने उदेश्यले बाली विशिष्टिकरण गरेर झन्डै १० –१२ वटा बालीमा यो जोन, सुपरजोन भनेर कार्यक्रम लागु भएको छ । त्यो अन्तर्गत जोन भनेको पाँच सय हेक्टर सम्मको पकेट एरिया सडक सिंचाई विजुली बजार पुगेको ठाउँलाई समेटेर बनाईएको हुन्छ यसलाई जोन भनिन्छ । यसको मुख्य उदेश्य भनेको नै बालीलार्ई यान्त्रीकरण गरेर विशिष्टिकरण गर्नु मुख्य उदेश्य हो ।
यसको कार्यक्षेत्र पनि निर्धारण गरिएको छ कुल कार्यक्षेत्र कति छ र यो क्षेत्र नै तपाईको कार्यक्षेत्र कसरी बन्न गयो ?
– कार्यक्षेत्र बनाउने क्रममा खासगरी ४ वटा मुख्य आधारहरु हुन् । एउटा सडक पुगेको ठाउँ, बत्ती भएको ठाउँ, सिँचाई भएको ठाउँ, बजारको उपलब्ध भएको ठाउँ र एउटै क्षेत्र रोड कोल्डर जहाँ सबै सुविधाहरु भएको ठाउँ हुनुपर्छ । त्यस्तै पाँच सय हेक्टर तरकारी खेती गरिने ठाउँलाई लिएर जोनको कार्यक्रम संचालन गर्ने भनेर सरकारले निर्णय ग¥यो र त्यहि अनुसार लागु भएको छ । यसमा हाल बेनिघाट रोराङ गाउँपालिकाको पुरै १० वटा वडा र अन्य गाउँपालिकामा गरेर धादिङ जिल्लामा १५ वटा वडामा कार्यक्रम संचालन भईरहेको छ ।
यो परियोजनाको मुख्य उदेश्य के रहेको छ ?
– मुख्य उदेश्य भनेको कृषिको दुई किसिममा काम हुन्छन् । एउटा निर्वाहमुखी कार्यक्रम, अर्को व्यवसायीमुखी कार्यक्रम हुन्छ । यसलाई व्यवसायीकरण गर्नको लागि किसानहरुलाई कम्तिमा ३ रोपनी जग्गामा जसले खेती गर्छ त्यसलाई व्यवसायीक कृषकको रुपमा राख्नेछौ । यसरी व्यवसायिक खेती गरेकाले हामी यसलाई व्यवसायिकरण र यान्त्रिकरण गर्नु मुख्य यसको उदेश्य हो ।
तरकारी जोन कार्यक्रम लागु भईरहेको छ र किसानहरुले तरकारी जोन कार्यक्रमबाट केहि फाईदा भएको महसुस गरिरहेका छन्, अहिले चालु आर्थिक बर्षमा गरेका मुख्य मुख्य क्रियाकलापहरु के के हुन् ?
– यो कार्यक्रम लागु भएको पहिलो वर्ष भएको भएर कार्यक्रमहरु निकै न्युन छ । हामीले सुरुमा अभिमुखीकरण कार्यक्रमहरु संचालन गरिसकेका छौ । र पाँचवटा स्थलगत कार्यक्रमहरु संचालन गरिसकेका छौ । र बालीकटानी कार्यक्रमहरु पनि गर्दैछौ । तीनवटा प्रविधी प्रर्दशनी कार्यक्रमहरु संचालन गर्दैछौ । यसको मुख्य उदेश्य भनेको जोन संचालकहरुको महत्वलाई हेरेर कार्यक्रम छ । जोन संचालक समितिहरुले पनि कार्यक्रमहरु समुहसंग माग संकलन गरिसक्नु भएको छ । यो वर्ष पहिलो वर्ष भएकोले कार्यलय स्थापना गर्न समय लागेको छ । अर्को वर्ष वृहत रुपमा कार्यक्रम संचालन गर्नेछौ ।
आगामी वर्षको लागि कस्ता कस्ता कार्यक्रमहरु संचालन गर्ने योजना छ ?
– यो वर्ष पनि किसानको अपेक्षाहरु धेरै थिए । प्रधानमन्त्री कृषि जोनको कार्यक्रम आयो यसबाट धेरै कार्यक्रम पाईएला खासगरी धेरै किसानहरुको ट्रयाक्टरको कलेक्सन सेन्टर ढुवानीलाई गाडिको माग छ । हामीसंग कार्यक्रमहरु धेरै न्युन भएकोले गर्दा आगामी वर्षदेखि सबैलाई मध्येनजर गर्दै कार्यक्रमहरु ल्याउनेछौँ । हामीलाई कृषि जोनले ३ करोड वजेट विनियोजन गरेको थियो हामीले यहाँका समितिसंग कुरा गर्दा ११ करोडको आवश्यक्ता रहेको पाएका छौ । यदि ११ करोडको वजेट भयो भने हामीले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हाँसिल गर्न सक्नेछौ । यसमा मुख्यगरी भकारो सुधार, पानी संकलन ,यान्त्रीकरण ट्रयाक्टरहरु, माटो परिक्षण यस्ता कार्यक्रमहरु झन्डै किसानहरुलाई पुग्ने गरी कार्यक्रहरु ल्याउनेछौँ ।
काम गर्ने क्रममा यहाँको मुख्य समस्याहरु र किसानको चुनौतीहरु के के भेट्नुभयो ?
– यस क्षेत्रको तल्लो भुभागमा तरकारीको एकदम राम्रो सम्भाबना वोकेको छ । धेरै तरकारीहरु उत्पादन हुने गर्दछन् त्यहाँका किसानहरुलाई धेरै समस्या छ एउटा समस्या भनेको सिंचाई हो । अहिले तत्कालै देखिएको चाँहि रोग र किराको प्रकोप देखिएको छ । अहिले विशेषगरी रामतोरीया, भेन्टा आदिमा फेद कुहिने रोगहरु देखा प¥यो । किसानहरुको समस्या भनेको लगाएको बालीमा किरा तथा रोगले सताउने गर्छ ।
खासगरी किसानहरुले उत्पादन गरिरहदाँ त्यसको लागत बढि पर्ने र बजारमा लिएर विक्रि गर्दा महङगो भएर किसानहरुले भने जत्ति आम्दानी लिन नसक्ने अवस्था भयो भनेर किसानहरुको गुनासो पनि सुनिन्छ , अर्कोतिर वजार राम्रो छ भन्ने सुनिन्छ नि किसानहरुको बानी पाउनुभएको छ ?
– सबै ठाउँमा हुन सकेको छैन त्यसको लागि अर्गानिक उत्पादन छैन कुनै विरुवालाई रोग लागे भने यो रोग हो भनेर विषादी पाउन सकेका छैनन् । त्यहि कारणले गर्दा पनि किसानहरु चिन्तित छन् होला तर केहि किसानहरु आकर्षित पनि भएका छन् ।
हिजोको दिनहरुमा कृषिको विकासको लागि कृषि कार्यलय थियो, आज प्रधाननमन्त्री कृषि आधुनिकीकरण लागु भएपछि किसानहरुको आकर्षण कस्तो पाउनुभएको छ ?
– किसानहरुको आर्कषण देखिएको छ । हामी सधै उहाहरुसंगै छौ । उहाँहरुको समस्या समाधानमा लागिरहेका छौ ।
२०७५ जेठ १७ गते प्रकाशित