
मनिष दुवाडी / १६ जेठ, धादिङ –
संघिय सरकारबाट प्राप्त हुने समानीकरण बजेट धादिङका स्थानीय तहहरुमा चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि घटबढ भइ आएको छ । सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेट भाषणमा धादिङका २ नगरपालिका र ११ वटा गाउँपालिकाहरुको लागि प्राप्त हुने समानीकरण बजेट विनियोजन गरेको थियो ।
समानीकरण बजेट विनियोजन हुदा जनसङ्ख्या र भौगोलिक क्षेत्रको सुचकाङ्क बनाइ विनियोजीत गर्ने बजेट हो । गत आर्थिक वर्षमा स्थानीय तह अनुसार भौगोलिक क्षेत्रफल बमोजिम बजेट विनियोजन गर्दा क्षेत्रफलको विवरण तलमाथी परेका कारणले विनियोजित भएको बजेट पनि तलमाथी परेको थियो । चालु आर्थिक वर्षमा भौगोलिक क्षेत्रफल तलमाथी परेका सम्वन्धीत स्थानीय तहले तथ्याङ्क पुनरावलोकन गरि आफ्नो स्थानीय तहको भोगोलिक क्षेत्रफल सच्याइ एकिन तथ्याङ्क पेश गरेकाले समानीकरण बजेट आगामी आर्थिक वर्षको लागि थपघट भइ आएको स्थानीय तहहरुले जनाएका छन ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि नीलकण्ठ नगरपालिकामा १ करोढ ९९ लाख ४२ हजार रुपैया बढी विनियोजन भएको छ । नीलकण्ठलाइ चालु आर्थिक वर्षको लागि ५१ करोड ३८ छुट्याइएको थियो भने आगामी आर्थिक वर्षको लागि ५३ करोड ३८ लाख छुट्याइएको छ ।
त्यस्तै धुनीवेशी नगरपालिकामा २८ करोड ७४ लाख विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको तुलनामा १ करोड ७६ लाख २४ हजार रुपैया बढी हो । चालु आर्थिक वर्षको लागि धुनीवेशीमा २६ करोड ९७ लाख ७६ हजारको बजेट छुट्याइएको थियो ।
त्यस्तै खनियावास गाउँपालिकामा आगामी आर्थिक वर्षको लागि १४ करोड ८४ लाख रुपैया विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा यो २ करोड १२ लाख ७३ हजार रुपैयाले घटि आएको हो । चालु आथिक वर्षको लागि खनियावासलाइ १६ करोड ९६ लाख ७३ हजार रुपैया छुट्याइएको थियो ।
उता गंगाजमुना गाउँपालिकाको लागि चालु आर्थिक वर्षको लागि २६ करोड २० लाख २० हजार रुपैया छुट्याइएको थियो भने आगामी आर्थिक वर्षको लागि १ करोड ६ लाख २० हजार रुपैया घटेर २५ करोड १४ लाख मात्रै विनियोजन भएको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा २७ करोड ९४ लाख ८४ हजार रुपैया बजेटको अख्तियारी पाएको गजुरी गाउँपालिकालाइ आगामी बर्षको लागि भने ४४ लाख ८४ हजार रुपैया घटाएर २७ करोड ५० लाख मात्रै विनियोजन भएको छ ।
उता गल्छी गाउँपालिकाको बजेट पनि चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि ६८ लाख २ हजार रुपैया कमी दिइएको छ । चालु आर्थिक वर्षको गल्छी गाउँपालिकामा २५ करोड ३५ लाख २ हजार छुट्याइएको थियो भने आगामी आर्थिक वर्षको लागि २४ करोड ६७ लाख विनियोजन भएको छ ।
त्यस्तै सदरमुकामसंग जोडिएको ज्वालामुखी गाउँपालिकामा भने चालु आर्थिक वर्षको तुलनामा २० लाख ३० हजार रुपैया बढेर २६ करोड ३३ लाख रुपैया विनियोजन भएको छ । चालु आर्थिक वर्षमा २६ करोड १२ लाख ७० हजारको बजेट छुट्याइएको थियो ।
त्यसैगरि त्रिपुरासुन्दरी गाउँपालिकामा चालु आर्थिक वर्षको लागि २७ करोड ८० लाख १ हजार छुट्याइएकोमा आगामी आर्थिक वर्षको लागि ७२ लाख ९९ हजार बढेर २८ करोड ८३ लाख रुपैया बजेट विनियोजन भएको छ ।
उता थाक्रे गाउँपालिकामा भने ९७ लाख ३५ हजार रुपैया घटेको छ । चालु आर्थिक वर्षको लागि ३१ करोड २२ लाख ३५ हजार रुपैया छुट्याइएकोमा आगामी वर्षको लागि ३० करोड २५ लाख मात्रै बजेट विनियोजन गरिएको छ ।
त्यस्तै उत्तरी क्षेत्रको नेत्रावती गाउँपालिकामा आगामी वर्षको लागि यस वर्ष चालु आर्थिक वर्षको तुलनामा १ करोड ३६ लाख ३५ हजार रुपैया कम विनियोजन भएको छ । चालु आर्थिक वर्षको ला ि१७ करोड २७ लाख २५ हजार छुट्याइएको गाउँपालिकालाइ आगामी वर्षको लागि १५ करोड ९१ लाख मात्रै विनियोजन गरिएको छ ।
उता गाउँपालिका तर्फ सवै भन्दा धेरै बजेट पाएको बेनिघाट रोराङ गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको लागि ५ करोड ९३ लाख २४ हजार रुपैया बढी बजेट पाएको छ । चालु आर्थिक वर्षमा २७ करोड ५७ लाख ७६ हजार रुपैया छुट्याइएको बेनिघाट रोराङमा आगामी वर्षको लागि ३३ करोड ५१ लाख विनियोजन गरिएको छ ।
त्यस्तै धादिङ जिल्लाकै विकट गाउँपालिकाको रुपमा परिचित उत्तरी क्षेत्रको रुवीभ्याली गाउँपालिकामा भने चालु आर्थिक वर्षको तुलनामा ४ करोड ३ लाख ८१ हजार रुपैया कमी आएको छ । आगामी वर्षको लागि बजेट भाषण मार्फत ११ करोड ६९ लाख छुट्याइएको छ भने चालु आर्थिक वर्षको लागि १५ करोड ७२ लाख ८१ हजार रुपैया छुट्याइएको थियो ।
यता सिद्धालेक गाउँपालिकालाइ आगामी आर्थिक वर्षको लागि २६ करोड ६३ लाख छुट्याइएको छ । जुन चालु आर्थिक वर्षको तुलनामा २ करोड ५३ लाख २७ हजार रुपैया बढी हो । चालु आर्थिक वर्षको लागि २४ करोड ९ लाख ७३ हजार रुपैया छुट्याइएको थियो ।
२०७५ जेठ १६ गते प्रकाशित