Mon. Nov 25th, 2024

बुढीगण्डकी जलविद्युत आयोजनालाई १८ अर्ब बजेट

१६ जेठ, धादिङ –

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १७ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ मा वर्ष झण्डै ८ अर्ब बढी बजेट दिएको हो ।

आगामी वर्षका लागि विनियोजन गरेको रकममध्ये अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका लागि मात्रै १७ अर्ब ७३ करोड छुट्याइएको छ । बाँकी रकमले पुनर्बास र पुनर्स्थापनाका कामहरु पनि सुरु गरिने बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्थापना इकाइका प्रमुख कृष्णबहादुर कार्कीले बताए ।

बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका साविकका २७ गाविसका जग्गा सरकारले २०७३ चैतदेखि नै खरिद बिक्री रोक्का गरेको छ । रोक्का गरिएकामध्ये चालु आर्थिक वर्षसम्म गोरखा र धादिङका गरी साविकका १२ गाविसको मात्र मुआब्जा वितरण सकिने अनुमान गरिएको छ । सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा मुआब्जा वितरण लम्बिरहेको छ ।

बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्थार्पना इकाइका प्रमुख कार्कीले आगामी वर्षका लागि विनियोजित रकमले मुआब्जा वितरण गर्न पुग्ने अनुमान गरिएको बताए ।

बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको जग्गाको भने मुआब्जा नै तोकिएको छैन । कार्कीले अहिलेको बजेटले ती क्षेत्रको समेत मुआब्जा वितरण गर्न पु्ग्ने वा नपुग्नेबारे हिसाब गरिनसकेको बताए ।

२०७५ जेठ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: