Sun. Mar 9th, 2025

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जित

१६ जेठ,  धादिङ –

विश्वकप अगाडिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हैटीलाई चार शून्य गोलले पराजित गर्‍यो।

अर्जेन्टिनामा भएको खेलमा घरेलु टिमको जितमा मेसीले ह्याट्रिक गरे । खेलको १७ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाका लागि ५८ औं मिनेटमा फेरि मेसीले गोल गर्दै टिमको अन्तर दुई शून्यमा पुर्‍याए । त्यसपछि ६६ औं मिनेटमा मेसीले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई तीन शून्यमा पुर्‍याए ।

६९ औं मिनेटमा सर्जियो अगुइरोले मेसी कै पासमा गोल गर्दै अर्जेन्टिनालाई चार शून्यको जित दिलाए ।

२०७५ जेठ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: