

१५ जेठ, धादिङ –
धादिको गजुरी गाउँ पालिकाको वडा नं ५ को लगनशील र मानेभञ्ज्याङ महिला समुहमा १६ हप्ताको कृषक पाठशाला संचालन गरिएको छ।
जमिनको उर्वराशक्ति कायम राख्दै उत्पादन र उत्पादकत्व बृद्धि गर्न प्राङगारिक तथा जैविक प्रविधिको प्रयोग मार्फत खेतीपाती गर्ने ज्ञान, सीप र धारणाको विकास गर्न पाठशाला संचालन गरिएको हो । कृषक जमिनको छनौट, तयारी ,बिउ छनौट , स्थानीय मु्त्र, गोबर, तितेपाति, बकाईनो, असुरो लगायत सामग्री बाट प्राङगारिक तथा जैविक बिषाधी निर्माण र प्रयोग, शत्रु जिव र मित्रु जिवको जानकारी ,रासायनिक मल र बिषाधीले मानव स्वास्थ्यमा प्रर्ने असर र अर्गानिक उत्पादनको बिषयमा जानकारी गराइएको थियो ।
प्रयास नेपालले बिषाधिको बढ्दो प्रयोगलाई कमि गर्न कृषकहरू अभिप्रेरित गर्न यस किसिमको पाठशाला संचालन गरेको कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए ।
घिरौला, करेला, काँक्रो बालीमा पाठशाला संचालन भएको थियोे । यस अघि जिल्लाको गजुरी ५ मुलखर्क, गजुरी ६ को मिलनटार र बेनिघाटरोराङ गापा २ को लायपुर र भलायखर्कमा संचालन गरिएको थियोे ।
२०७५ जेठ १५ गते प्रकाशित