Sun. Mar 9th, 2025

हैदरावादलाई हराउँदै चेन्नईले उचाल्यो आइपीएलको उपाधि

१४ जेठ,  धादिङ –

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात चेन्नईले हात पारेको छ ।

शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको हो। योसँगै तेस्रो पटक उपाधि जितेको चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

महेन्द्रसिंह धोनीको कप्तानीमा आइतबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको चेन्नईले हैदरावादलाई १७८ रनमा रोक्यो। जवाफी व्याटिङ्गमा आएको चेन्नईले शेन वाट्सनको ११७ रनको योगदानमा ९ बल अगावै २ विकेटको क्षतिमा १७९ रनको विजय लक्ष्य भेट्टायो। ५७ बल खेलेका वाट्सनले ११ चौका र ८ चौका प्रहार गरे। आइपीएलको फाइनलमा कुनै खेलाडीले शतक प्रहार गरेको यो पहिलोपटक हो।

२०७५ जेठ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: