Sun. Mar 16th, 2025

पाकिस्तानमा साउन ९ गते आम चुनाव हुने


१३ जेठ,  पाकिस्तान –

पाकिस्तानमा आउँदो साउन ९ गते आम चुनाव हुने भएको छ । पाकिस्तानी राष्ट्रपति मममून हुसैनले जुलाई २५ अर्थात् आउँदो साउन ९ गते आम चुनाव गर्न सहमति जनाएका छन् ।

यो चुनावमा चार करोड ६० लाख जनाले युवा मतदाताको रुपमा आफ्नो मतअधिकार प्रयोग गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पाकिस्तानमा मुस्लिम लीग नवाज पीएमएल एनको नेतृत्वमा रहेको सरकारको कार्यकाल आउँदो बुधबार सकिँदैछ । कार्यबाहक सरकारले आम चुनाव गराउनेछ ।

२०१३ मा भएको आम चुनावमा नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले स्पष्ट बहुमत ल्याएको थियो । आउँदो चुनावमा भने क्रिकेटरबाट नेता बनेका इमरान खानको पाकिस्तान–तहरीक–ए–इन्साफ पार्टीले नवाज सरीफको पार्टीलाई चुनौती दिने देखिएको छ ।

२०७५ जेठ १३ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: