Sun. Mar 9th, 2025

रियल मड्रिडले जित्यो च्याम्पियन लिगको उपाधि

१३ जेठ,  धादिङ –

 

युरोपियन च्याम्पियन लिगको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा इंग्लिस क्लब लिभरपुललाई ३-१ ले पराजित गर्दै रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन लिगको उपाधि जित्न सफल भएको हो।

युक्रेनको कियभ ओलम्पिक रंगशालामा भएको फाइनल खेलमा रियल मड्रिडको जितका लागि ग्थारेथ बेलले २ गोल र करिम बेञ्जिमाले १ गोल गरे । लिभरपुलका लागि १ गोल मिडफिल्डर साडिओ मेनेले गरे ।

पहिलो हाफ गालरहित बराबरीमा सकिएकोमा ५१ औं मिनेटमा बेञ्जिमाको गोलबाट रियल मड्रिडले सुरुवाती अग्रता लिएको थियो । ५५ औं मिनेटमा लिभरपुलका लागि साडिओ मेनेले गोल गरी खेल बराबरीमा पुर्‍याए । त्यसपछि ६१ औं मिनेटमा मैदान छिरेका बेलले ६४ औं मिनेटमा गोल गरी पुन टोलीलाई अग्रता दिलाए। बेलले नै ८३ मिनेटमा अर्को गोल गरेपछि रियल मड्रिड सहज जित हात पार्न सफल भयो ।

सन १९७५–७६ को सिजनपछि लगातार तीन पटक उपाधि जित्ने टोली बन्न पुगेको छ । त्यस समय जर्मन क्लब वार्यन मुनिखले लगातार तीन पटक उपाधि जितेको थियो । यो रियलको च्याम्पियन लिगको १३ औं उपाधि हो । च्याम्पियन लिगमा सबैभन्दा बढी उपाधि जित्ने टोली पनि रियल मड्रिड नै हो ।

२०७५ जेठ १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: