

८ जेठ, काठमाडौँ –
निर्वाचन क्षेत्र बिकासका बारेमा आज स्वयम्भुमा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठ र प्रदेश सभा सदस्य माननीय राजेश शाक्यले जनप्रतिनिधिहरु संग छलफल गरेका छन्।
उक्त छलफल कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १३, १५,१९,२०,२३, २४ र नागार्जुन नगरपालिका वडा नं ४ र ५ का जनप्रतिनिधि बीच छलफल भएको थियो जसमा कामपा वडा नं १३ वडा अध्यक्ष धुर्ब नारायण मानन्धर १५ का वडा अध्यक्ष इश्वरमान डंगोल, वडा नं २३का वडा अध्यक्ष मचाराजा महर्जन,वडा नं २४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ ,नागार्जुन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष करुण कुमार बलामी वडा नं ५ का वडा सदस्य शुक्र लामा सहित अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा बिकास निर्माणका बिषयमा वडामा रहेको समस्या समाधानका निम्ति प्राथमिकताको आधारमायोजनालाइ अघि बढाउने बिषयमा छलफल भएको थियो। उक्त छलफलमा आ–आफ्नो वडामा भएका समस्याहरुलाई योजनाबद्द ढंगले समाधान गर्न पहल स्वरुप उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले आफ्नो आफ्नो वडामा गर्न पर्ने बिकासको योजना सहित प्राथमिकताका आधारमा अघि बढ्नको लागि ठोस योजना सहित आगामी बजेटमा उक्त योजनाहरुलाई समाबेश गर्न लागिएको बताए प्राथमिकतामा परेको योजनाहरु सम्बन्धित निकायमा बुझाउने कार्यक्रम समेत रहेको छ ।
२०७५ जेठ ८ गते प्रकाशित