
४ जेठ, काठमाडौं –
इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १४ रनले हराएको छ। यो जितसँगै बैंगलोर अंक तालिकामा दुई स्थान फड्को मार्दै पाँचौ स्थानमा पुगेको छ ।
२१९ रनको विजय लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०४ रनमा समेटियो । कप्तान केन विलियम्सनले ८१ र मनिष पाण्डेले ६२ रन बनाए । विलियम्सनले यस सिजनमा बनाएको यो आठौं अर्धशतक हो ।
यसअघि चिन्नास्वामी मैदानमा टस हारेर व्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ६ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । एबी डिभिलियर्सले ६९ र मोइन अलीले ६५ रन योगदान गरे । मोइन अलीले आईपीएलमा आफ्नो पहिलो अर्धशतक बनाए । एबी डिभिलियर्स प्लेयर अफ दि म्याच भए ।
यो जितसँगै विराट कोहली नेतृत्वको बैंग्लोरले १३ खेलमा १२ रंक बटुल्न सफल भएको छ । यसैगरी हैदरावाद १८ अंकसहित पहिलो स्थानमा कायमै छ ।
२०७५ जेठ ४ गते प्रकाशित