Sat. Nov 16th, 2024

vacancy Announcement

           

              

 

               कर्मचारी आवश्यकता सम्वन्धि सूचना                     

केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालले संचालन गरिएको Strengthening Access to Fair and Equitable Justice (SAFE Justice ) लागि जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा न ३, ४ र ५  र गजुरी गाउँपालिकाको ४, ५ र ६  वडामा काम गर्नका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता भएकोले इच्छुक योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र सहित आवेदन दिनुहुन आव्हान गरिन्छ ।

पद :सामाजिक परिचालयक : २ जना पुरुष
सामाजिक परिचालक (विद्यालय बिशेष कार्यक्रमको लागी)  :१ जना 

संख्या :३ 

योग्यता र प्रथामिकता : 

 – प्रमाणपत्र तह उतिर्ण
– लैङ्गिकता, समावेशिकरण, लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम, महिला तथा पछाडी पारिएका समुदायको न्यायका क्षेत्रका कम्तिमा १ वर्ष काम गरेको अनुभव भएको
-हानीकारक सामाजिक मान्यताको बिरुद्ध किशोरी किशोरीहरुलाइ अभिमुखिकरण गर्दै अभीयानहरुमा समाज परिचालन गर्ने ।
-लेैंगिक तथा सामाजिक समावेशीकरण, सामाजिक सवालहरु र त्यसको प्रभाववारे जानकारी भएको ।
– सुशासन प्रर्वद्धनका औजारहरु सामुदायिक अंक पाटीको ज्ञान भएको र अभ्यास गर्न सक्ने क्षमता भएको ।
– तालिम सहजिकरण सीप भएको ।
-प्रतिवेदन लेखन सम्वन्धि सामान्य ज्ञान भएको ।
– योेजना अनुगमन, मूल्यांकन सम्वन्धि ज्ञान भएको ।
– रुपान्तरणीय शिक्षा (REFLECT) पद्धतिमा आधारित सामाजिक परिचालनमा ज्ञान भएको ।
– विद्यालय भित्र रहेर शिक्षक विद्यार्थी र अभिभावकहरुसंग समन्वय गरी काम गर्न सक्ने ।
– विद्यालयका किशोरी किशोरीहरुलाई अभिमुखिकरण कक्षाहरु संचालन गर्न सक्ने ।

निवेदन पेश गर्ने मिति , स्थान र आवश्यक कागजात,
– निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी र वायोडाटा ( CV) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
– सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र ( २०७५ जेठ ८ गते ) कार्यालय समय आवेदन पेश गरी सक्नु पर्ने छ ।
– तलब संस्थाको कर्मचारी नियमावली र परियोजनामा व्यवस्था भए अनुसार हुनेछ ।
– दरखास्त बुझाउने ठाउँः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङ,

वा संस्थाको इमेल ठेगाना :[email protected]

सम्पर्क नं. : ०१०५२०५४४

परिक्षाको किसिमः  लिखित र मौखिक दुबै ।

नोट : सुचिकृत भएका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षाकालागि वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला । सिमान्तकृत समुदायको निबेदकलाई बिशेष प्राथमिकता दिइनेछ ।
निबेदक वेनीघाट रोराङ र गजुरी गाउपालिकाको हुनुपर्ने छ ।

२०७५ जेठ २ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: