१६ चैत धादिङ –पृथ्वी राजमार्ग अन्र्तगत धादिङको जोगीमारा गाँउ विकास समितिको वडा नं ९ स्थित खटौती खोला नजिकै सोमबार दुई सवारी साधन एक आपसमा ठक्कर खाँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा माइक्रोका चालक सहित विदेशी पर्यटक रहेको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । काठमाडौँदेखि कपिलबस्तुका लागि हिँडेको लु १ ख ९५९३ नम्बरको यात्रुवाहक बस र पोखराबाट काठमाडौँ जादै गरेको बा १ प १०२८ नम्बरको पर्यटकिय माइक्रोबस एक आपसमा ठोक्किदा १४ जना घाइते भएका छन् ।
घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।