Wed. Mar 12th, 2025

विप्लव माओवादीका नेता बमसहित पक्राउ

३१ वैशाख, हेटौंडा

विप्लव माओवादीका एक मजदुर नेतालाई बमसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दुर्गानाथ तिमल्सिना छन् र उनको साथबाट पाँच थान बम बरामद भएको छ ।

तिमल्सिना विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य हुन् । तिमल्सिनाले आफू मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारी रहेको बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

सोमबारको बन्दको क्रममा बम बोकेर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले तिमल्सिनाको खोजी सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई हेटौंडा-८ कमानेस्थित चौवन्नधरेबाट पाँच थान बमसहित पक्राउ गरेको जनाएको छ ।

उनको साथमा प्रेसर कुकर बम रहेको सूचना प्रहरीलाई थियो । तर उनको साथबाट पेट्रोल बम बरामद भएको बताइएको छ ।

२०७५ बैसाख ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: