

२७ बैशाख, काठमाडौं –
इन्डियन प्रिमियर लिग९आइपीएल० अन्र्तगत बुधबार राति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकत्ता नाइटराइडर्सलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । सुरुका खेलमा लगातार हार व्यहोरेर पछि परेको मुम्बई यस जित सँगै अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भएको छ ।
कोलकत्ताको घरेलु मैदान इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकत्ताले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो । टस हारी ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २१० रन जोड्यो ।
२११ रनको ठूलो लक्ष्य पछ्याएको कोलकत्ता १८।१ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमै सीमित भयो ।
मुम्बईका लागि इशान किशनले २१ बलमा ६२ रनको विस्फोटक पारी खेले उनले ६ छक्का र ५ चौका प्रहार गरे । यस बाहेक रोहित शर्मा र सूर्यकुमार यादवले समान ३६(३६ रन को योगदान गर्दा बेन कटिङले २४, हार्दिक पाण्डेयले १९, इभिन लेविसले १८ रनको योगदान गरे । कोलकताका लागि पियुस चावलाले सर्वाधिक ३ विकेट लिए ।
२०७५ बैशाख २७ गते प्रकाशित