
२४ वैशाख, काठमाडौं –
इण्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पन्जाबले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।
आइतबार रातिको यो जितसँगै पन्जाब १२ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । नवौ खेलमा छैठौं हार व्यवहोरेको राजस्थान भने सबैभन्दा पुछारमा संघर्षरत छ ।
१५३ रनको टार्गेट पन्जाबले केएल राहुलको ८४ रनको मद्दतमा १८ ओभर ४ बलमा हासिल गर्यो । यसअघि होल्कर स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले सबैभन्दा धेरै ५१ रन बनाएका थिए ।
२०७५ बैशाख २४ गते प्रकाशित