Sun. Mar 16th, 2025

काबुलमा आत्मघाती आक्रमण, पत्रकारसहित कम्तीमा २३ जनाको मृत्यु

१७ बैशाख,  काठमाडौँ  –

अफगानस्तानको राजधानी काबुलमा दुई आत्मघाती आक्रमणमा पत्रकारसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा आएका व्यक्तीहरुले आत्मघाती विष्फोेट गराएपछि त्यसको फोटो खिचिरहेका समाचार संस्था एएफपीका मुख्य फोटो पत्रकार शाह मराईको मृत्यु भएको छ । एएफपीका अनुसार आत्मघाती आक्रमणको तस्बिर खिचिरहेका बेला पत्रकारलाई नै लक्षित गरी गराइएको अर्को आक्रमणमा मराईसहित अन्य तीनजना पत्रकारको पनि मृत्यु भएको हो। समाचार संस्था अलजजिराले भने आक्रमणमा ६ पत्रकार मारिएको जनाएको छ ।

आक्रमणकारीले आफू पनि पत्रकार रहेको भन्दै पत्रकार रहेको ठाउँमा पुगेको र विष्फोट गराएको अफगानस्तानका प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटमा धेरै नागरिक घाइते भएको खबरमा उल्लेख छ ।

२०७५ बैशाख १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: