Sun. Mar 9th, 2025

बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन


१७ बैशाख,  धादिङ –

बार्सिलोना स्पेनिस ला लिगा च्याम्पियन बनेको छ । सोमबार बिहान भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेसीले ह्याट्रिक गरे भने फिलम कौटिन्होले १ गोल थपे । डिपोर्टिभोका लागि लुकास पेरेज र कोलाकले एक–एक गोल गरे ।

खेलको सातौं मिनेटमै बार्सिलोनाले कौटिन्होको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए ।

त्यसको तीन मिनेट पनि नबित्दै डोभोर्टिभोका लागि पेरेजले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकियो । दोस्रो हाफ सुरु भएपछि ६४ औं मिनेटमा कोलाकको गोलबाट डोभोर्टिभो बराबरी गर्न सफल भयो ।

तर मेस्सीले ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनी यत्तिमै रोकिएनन् र त्यसको तीन मिनेटपछि अर्थात ८५ औं मिनेटमा पुनः अर्को एक गोल थप्दै ह्याट्रिक पूरा गरे ।

त्यसपछि दुवैपक्षबाट कुनै पनि गोल हुन सकेन र ४–२ को नतिजासँगै बार्सिलोना २५ औं पटक ला लिगा च्याम्पियन बन्यो । सबैभन्दा धेरैपटक ला लिगा च्याम्पियन बनेको रेकर्ड रियल मड्रिडसँग छ । उसले ३३ औं पटक ला लिगाको उपाधि उचालेको छ ।

२०७५ बैशाख १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: