सरिता श्रेष्ठ, धादिङ
पछिल्लो समय लोकसेवा आयोगले खुलाउने गरेको विभिन्न सरकारी सेवाहरुमा युवाहरुको आकर्षण बढ्न थालेको छ ।
लोकसेवा आयोगले खुलाउने नायव सुब्बा तथा खरिदारका विभिन्न पदहरुमा लोकप्रियता छाएको छ । लोकसेवा आयोग अन्र्तगत खरिदार पदका लागि धादिङ जिल्लाबाट शुक्रबारसम्म ६८ जनाले फाराम भरेका छन् । जसमा ४३ जना महिला र २३ जना पुरुष रहेको छ ।
लोक सेवा आयोग केन्द्रिय कार्यलय मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय कमलपोखरी काठमाडौँले राजपत्र अनं द्धितिय श्रेणी खरिदार पदका लागि गत फागुन २९ गतेबाट फाराम खुल्ला गरेको छ । चैत १७ गतेसम्म फाराम भर्ने म्याद तोकिए पनि दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म फाराम भर्न सकिने जिल्ला हुलाक कार्यलय धादिङका निमिक्त हुलाक अधिकृत गोविन्द प्रासद लामिछानेले जानकारी दिनुभयो ।
मध्यमाञ्चल विकास क्षेत्रभरीबाट खुल्ला तर्फ ४० सिट, महिला ११ सिट, आदिवासी जनजाती ७ सिट, दलित ३ सिट, अपांग १ सिट र पिछडिएको क्षेत्र २ सिट गरी जम्मा ७१ सिट माग गरिएको छ । यो गत वर्षहरुको तुलनामा सबैभन्द धेरै हो ।
खरिदार पदमा फाराम भर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका परीक्षा वा सो सरह उर्तिण गरेको हुनुपर्ने, नेपाली नागरिकताको प्रमाणपत्र लिएको हुनुपर्ने, मिति २०७१ चैत १७ गतेसम्ममा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तर महिला र अपांगको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने लगायतका शर्तहरु तोकिएका छन्