

१३ बैशाख, टर्की –
टर्कीको एक अदालतले आतंकवादमा संलग्न भएको आरोपमा १३ जना पत्रकारलाई जेल सजाय तोकेको छ ।
विपक्षी कमहरिएत नामक पत्रिकाका ती पत्रकारलाई एउटा गैरकानूनी आंतकवादी संस्थालाई सघाएको टर्की सरकारको आरोप छ । सजाय पाउने पत्रकारमध्ये केही प्रमुख सम्पादक, कार्नुनिष्टदेखि टर्कीका चर्चित टिप्पणीकारसम्म रहेका छन् ।
यद्यपी उनीहरुले पुनरावेदनमा पुनस् अपिल गर्न सक्नेछन् । सो पत्रिकालाई कुर्दिश पिकेके, बामपन्थी समूह र कू गर्न सहयोग गरेको आरोप लाग्दै आएको एउटा सञ्जालका समाचारलाई लिएर अभियोग लागेको थियो । सन् २०१६ मा टर्कीमा कू को प्रयास गरेको आरोपमा यसअघि पनि विभिन्न पेशामा आवद्ध ५० हजार भन्दा बढी मानिसहरुलाई पक्राउ गरिएको थियो ।
यस्तै १ लाख ५० हजार भन्दा बढीलाई बर्खास्त गरिएको थियो । पछिल्लो घटनाले विश्व प्रेस जगतको स्वतन्त्रता हनन भएको भन्दै अन्तर्राष्टिय समुदायले आलोचना गरेको बीबीसीले जनाएको छ ।
२०७५ बैशाख १३ गते प्रकाशित