Wed. Nov 27th, 2024

घरमा बसेर मोवाइलबाटै राजश्व तिर्न सकिने

१२ वैशाख, काठमाडौं

अब घरमा बसी-बसी मोवाइल वा कम्प्युटरबाटै सरकारलाई राजश्व तिर्न सकिने भएको छ । सरकारले करदाताले आफ्नो बैंक खाताबाट विद्युतीय माध्यममार्फत राजश्व तिर्न सक्ने प्रणालीको सुरुआत गरेको हो ।

अर्थ मन्त्रालयले बुधवार काठमाडौंको करदाता सेवा कार्यालय, ठमेलबाट यस्तो प्रणालीको औपचारिक सुभारम्भ गरेको हो । पूर्ण कार्यान्वयन भने साउनदेखिमात्र हुनेछ ।

हालका लागि करदाताले एक लाख रुपैयाँसम्मको कर विद्युतीय माध्यमबाट तिर्न सक्नेछन् । आगामी साउनदेखि भने जतिसुकै ठूलो कारोबार पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने गरी प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

करदाताले सरकारलाई बुझाउनुपर्ने सबै प्रकारका कर, शूल्क वा दस्तुर उक्त विद्युतीय प्रणालीबाट बुझाउन सक्नेछन् । यो प्रणालीबाट गरिने कारोबार पूर्ण सुरक्षित रहने प्रतिवद्धता मन्त्रालयले व्यक्त गरेको छ ।

अब करदाताले नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको अयललभअत क्ष्एक् रजिष्टर गरी भुक्तानी गर्न सक्नेछन् । यसबाट सबै संघीय सरकारी कार्यालयको राजश्व बुझाउन सकिनेछ । उक्त प्रणालीबाट कारोबार गर्दा कुनै पनि शूल्क नलाग्ने मन्त्रालयले बताएको छ ।

२०७५ बैशाख १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: