११ बैशाख, धादिङ –
एभरेष्ट बैंकको “संस्थागत सामाजिक उत्तरदायित्व” कार्यक्रम अन्तर्गत जिल्लाको निलकण्ठ नगरपालिका वडा नं १२ आँपस्वारा धादिङमा रहेको रुद्र कन्या आधारभुत बिद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
नव वर्ष २०७५ को शुभ अवसर पारेर एभरेष्ट बैंक लिमिटेड धादिङ शाखाका शाखा प्रबन्धक पवन कोइरालाले विद्यालयका प्रधानाध्यापक ध्रुवराज रिजाललाई विभिन्न स्टेशनरी सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । कापी, कलम, पेन्सिल तथा प्रयोगात्मक सामाग्री सहितको करिव १० हजार रकम बराबरको शैक्षिक सामाग्री विद्यालयलाई प्रदान गरेको हो ।
दलित तथा सिमान्कृत समुदायका बालबालिकाहरु अध्ययन गर्ने र शिक्षाको गुणास्तरमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको शाखा प्रवन्धक कोइरालाले बताए । विद्यालयमा वितरण गरिएको शैक्षिक सामाग्री विद्यार्थीलाई वितरण गरिने प्रधानाध्यपक रिजालले बताए ।
शैक्षिक सामाग्री पाएसँगै बालबालिकाहरुलाइ सहज र नियमित विद्यालय आउने बानीको विकास हुने उनले बताए । यस अघि पनि एभरेष्ट बैंक लिमिटेड धादिङ शाखाले समस्यामा परेका र विभिन्न संघ सस्थाहरुको सहयोगमा रहेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
२०७५ बैशाख ११ गते प्रकाशित