
१ बैशाख, धादिङ –
सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शनिबार देखी धादिङबेसीमा सुरु भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समितिको धादिङको आयोजनामा प्रतियोगिता गरिएको हो ।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लाको दुई क्षेत्रमा नै प्रतियोगीता सम्पन्न भइसकेपछि जिल्ला स्तरीय प्रतियोगीता आयोजना गरीएको होे ।
निर्वाचन क्षेत्र नं १ को तसर्फुमा र निर्वाचन क्षेत्र नं २ को धादिङबेसीमा भएको थियो । खेलमा ६ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।
सातौँ राष्ट्रपति रनिङ शिल्ड धादिङ प्रदेश नम्बर १ का साँसद राजेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै पाण्डेले विद्यार्थीहरुलाई कोरा ज्ञान भन्दा पनि खेलकुद तथा प्राविधिक शिक्षा महत्वपुर्ण रहेको बताए ।
धादिङमा नयाँ वर्ष २०७५ साल बैशाख १ गतेदेखि सुरु भएको खेल बैसाख ३ गतेसम्म चल्ने छ । जिल्लास्तरीय प्रतियोगीताको कार्यक्रम एड्भान्स एकेडेमी धादिङबेसीमा भएको छ ।
२०७५ बैशाख १ गते प्रकाशित