Wed. Mar 12th, 2025

राराबाट प्रधानमन्त्री ओलीको सम्बोधन


१ बैशाख,  काठमाडौँ –

प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट सम्बोधन गर्दै सम्बृद्धि र प्रगतिको सपना देख्न आवश्यक रहेको बताएका छन् । नयाँ वर्षको अवसरमा रारा तालबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका योजना कतिपयलाई अपत्यारिलो जस्तो लागे पनि सपना र उच्च आकांक्षा नभई विकास सम्भव नभएको बताए ।

देश अब उन्नतिको लक्ष्यसहित नयाँ बाटोमा अघि बढेकाले सबै क्षेत्रबीच सहकार्य र हातेमालो आवश्यक पर्ने उनको भनाई छ । देश विकासको यो यात्रामा साथ दिन र सहकार्य गर्न उनले विपक्षी दललाई पनि आग्रह गरे । विश्वमै सबैभन्दा अघि ज्ञान विज्ञान खगोल र भूगोलको अध्ययन गर्ने ऋषिमुनिका सन्तान अब शिक्षाबाट बञ्चित हुने कुरा मान्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस भनेर काम सुरु गर्ने प्रतिबद्धता जनाए ।

प्रदेशलाई सक्षम सुदृढ र आत्मनिर्भर बनाउन संघ प्रदेश र स्थानीय तहबीच समन्यव गरिने र नागरिकको भूमिका प्रभावकारी बनाउँदै राज्य यथार्थमै नागरिक प्रति उत्तरदायी सञ्चालित गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

आर्थिक विकासका लागि निजी क्षेत्र, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा दातृ निकायसंग समन्य गरिने र विदेशी लगानीको झण्झट हटाउँदै नाफाको सुनिश्चितता गरिने उनको भनाई छ । प्रधानमन्त्री अ‍ोलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पनि आग्रह गरे ।

२०७५ बैशाख १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: