Wed. Mar 12th, 2025

एमाले प्रदेश नं ३ को विभागले पूर्णता पायो


३० चैत,  धादिङ –

नेकपा एमाले प्रदेश नं ३ ले पूर्णता पाएको छ । जिल्लाका इन्चार्ज, अध्यक्ष र तोकिएका विभाग प्रमुख लगायतको बैठकले विभिन्न विभागलाई पूर्णता दिएको छ ।

एमाले उपाध्यक्ष एवम् प्रदेश नं ३ का संयोजक अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय समेत गरिएको छ ।

विभागमा मनोनित भएका सदस्यहरुमा धादिङ जिल्लाबाट संगठन विभागको सदस्यमा भुमि त्रिपाठी, पाटी स्कुल विभागको सदस्यमा झम्क बहादुर खडका, शिक्षा तथा मानबस्रोत विभागको सदस्यमा उप्रेन्द्रनर सिह अधिकारी र लक्ष्मण शर्मा, उद्योग वाणिज्य विभागको सदस्यमा बिष्णु कुमार श्रेष्ठ, प्रचार विभागको सदस्यमा नवराज छत्कुली, युवा तथा खेलकुद विभागको सदस्यमा प्रदिप फ्यूवा, जलस्रोत तथा उर्जा विभागको सदस्यमा लक्ष्मण गुरूङ र कला तिमल्सिना रहेका छन् ।

त्यस्तै पर्यटन प्रबर्द्धनमा हेम पन्त र सुजन नेपाल, सहकारी तथा गरिबी निवारणमा नवराज अर्याल र शिव अर्याल, महिला विभागमा अप्सरा उप्रेती, भौतिक पुर्बाधारमा बच्चुराम उप्रेतीकृषि तथा भुमि सुधारमा एञ्जिला तामाङ र डोल बहादुर अधिकारी, स्वास्थ्य तथा जनसंख्यामा रामचन्द्र सिलवाल, न्याय तथा कानुन विभागमा भरत खत्रि र चन्द्र तामाङ रहेका छन् ।

त्यसैगरी उपभोक्ता हित संरक्षण विभागमा कृष्ण ब अधिकारी र शुबर्णा रिमाल, सामाजिक सेवा विभागमा कृष्ण ब अधिकारी र खिलकुमारी तिवारी, सामान्य प्रशासन विभागमा रामचन्द्र आचार्य,संस्कृति बिभागमा रमेश अधिकारी, थान प्रपाद बसौला र केशब दुवाडी, उत्पादन व्यवस्थापन विभागमा बिष्णु कुमार श्रेष्ठ, स्थानिय तह विभागको उप प्रमुखमा गुरु प्रसाद बुर्लाकोटी सदस्यहरूमा गिरीराज कडेल र फुर बहादुर तामाङ रहेका छन् ।

बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा, प्रदेश सरकारका काम, योजना र चुनौतीका विषयमा छलफल गरिएको थियो । संसदिय निर्वाचनको समीक्षा, प्रदेश सरकारले गरिरहेका काम, योजनाका बारेमा छलफल गरिएको थियो ।

प्रदेश सरकार संचालनमा सहजता ल्याउन र निर्णयहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकार र पार्टीबीच एक संयन्त्र बनाई काम गर्ने तथा सरकारलाई प्रदेश पार्टी कमिटीको पूर्णतः सहयोग गर्ने निर्णय गरेको छ ।

२०७४ चैत ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: