
२८ चैत, धादिङ
निलकण्ठ नगरपालिका ३ धादिङका २६ बर्षिय राघव रिजालको अमेरिकामा मृत्यु भएको छ । मंगलबार अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा उनको मृत्यु भएको हो ।
उनी अध्ययन सकेर व्यवसायमा संलग्न रहेका थिए। उनका एक दाई, आमा र बुबा अमेरिकामा बस्दै आएका छन् । प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह सँस्कारका बारेमा निर्णय गरिने परिवारले जनाएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिब भुपनारायण घर्तिमगरले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफुहरु स्तब्ध भएको बताएका छन।
२०७४ चैत २८ गते प्रकाशित