Sun. Mar 9th, 2025

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो


२८ चैत,  धादिङ  –

स्पेनीस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।

प्रतियोगिताअन्तर्गत मंगलबार राति रोमाको घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा रोमाले बार्सिलोनालाई ३–० ले स्तब्ध पार्यो। जितसँगै रोमा सेमिफाइनलमा प्रवेश गरेको छ।

बार्सिलोनाको मैदानमा पहिलो लेगमा ४–१ ले पराजित भएको रोमाले गएराति भने उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो। योसँगै समग्रमा खेल ४–४ गोलको बरारबरी भएपनि अवे गोलका आधारमा रोमाले सेमिफाइनलमा स्थान पक्का गर्यो।

रोमाको जितमा छैटौं मिनेटमा इडेन जोको, ५८ औं मिनेटमा पाएको पेनाल्टीमा डि रोसी र ८ २ औं मिनेटमा मानोलसले निर्णायक गोल गरे। खेलमा बल पोजिसन आफ्नो पक्षमा पारेपनि बार्सिलोना रोमाका खेलाडीसामु निरीह देखिएका थिए।

पहिलो लेगमा दुई आत्माघाती गोलको उपहार पाउदै बार्सिलोनाले खेलमा ४–१ को जित निकालेको थियो। तर त्यसलाई जोगाउन नसक्दा बार्सिलोना बाहिरियो।

२०७४ चैत २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: