Sun. Mar 16th, 2025

घरेलु मदिरा पिउँदा इन्डोनेसियामा ६० जनाको मृत्यु


२७ चैत,  काठमाडौं  –

गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा इन्डोनेसियामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । भने दर्जनौं बिरामी परेका छन् ।

विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाको प्रहरीले घटनापछि प्रहरीले विभिन्न शहरमा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा छापा मार्ने र यसमा सम्लग्न व्यक्तिलाई पक्राउ गर्न व्यापक खानतलासी थालेको सुरक्षा अधिकारीले जनाएका छन् ।

धेरैजसो इन्डोनेसियाली नागरिकले इस्लामको नरम नीतिलाई अवलम्बन गर्दै मुलुकका ठूला शहरमा मदिरा बिक्रीलाई अभ्यास गर्दै आएका छन् । तर चर्को करले ब्रान्डेड मदिराको मूल्य बढी हुन जाँदा न्यून आम्दानी भएका नागरिकले भने घरमा बनाइएको असुरक्षित मदिराको सेवन गर्छन् ।

असुरक्षित मदिरा सेवन गरेर भएको पछिल्लो घटनामा विगत एक हप्ताको अवधिमा पपुवामा आठसहित पश्चिमी जाभा क्षेत्रमा ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रहरी र स्वास्थ्यकर्मीले दिएको तथ्यांकमा छ ।

२०७४ चैत २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: