Sun. Mar 9th, 2025

सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

२६ चैत, धादिङ

धादिङ क्षेत्र नं २ माध्यमिक विद्यालय स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धादिङमा आजबाट सुरु भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समिती धादिङको आयोजनामा हुने प्रतियोगिता एडभान्स एकेडेमी विद्यालय प्राङ्गणमा सुरु भएको हो ।

राष्ट्रियस्तरमा देशलाई आवश्यक पर्ने स्वास्थ्य अनुशाशित र सृजनशिल नागरिक तयार गर्न विभिन्न खेलकुदको पहुँचलाई तल्लो तहसम्म पु¥याउन समाजमा खेलकुद वातावरणका लागि सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भउको हो ।

सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७४” नाम दिइएको यस प्रतियोगिता सुरुमा प्रतिनीधि सभा निर्वाचन क्षेत्र स्तरीय हुने र क्षेत्रबाट छनौट भएर आएका टिमहरु बीच बैशाखमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले बताए । निर्वाचन क्षेत्रको अवधारणा पहिलो पटक ल्याइएको हो । खेलकुदको उद्घघाटन क्षेत्र नं २ का प्रतिनिधीशभा सदस्य खेम लोहनीले गरेका थिए ।

कार्यक्रमलाई सम्वोनधनका क्रममा आफु प्रतिनिधीशभा क्षेत्र नं २ का सांसदको हैसियतले शैक्षिक क्षेत्रमा रहेको समस्या समाधान साथ साथै खेल क्षेत्रको विकासको लागी लागीपर्ने वताए । सोमबारवाट सुरु भएको खेल २ दिन सम्म चल्ने छ ।

२०७४ चैत २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: