Sun. Mar 9th, 2025

दिल्लीको ओपनिङ खेलमा सन्दीपले पाएनन् मौका


२५ चैत, काठमाडौं

यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेर डेभिल्सको पहिलो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले मौका नपाउने भएका छन् ।

नेपाली समय अनुसार आइतबार साढे ४ बजे सुरु हुने खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जावको सामना गर्दैछ । दिल्लीले सार्वजनिक गरेको आइतबारको खेलका खेलाडीहरुमा सन्दीप लामिछानेको नाम समावेश छैन ।

आइतबार दिल्लीको टिममा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट र मोहम्मद सामी रहेका छन् ।

आईपीएलमा पहिलो पटक यसवर्ष नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध भएका छन् । त्यसैले दिल्लीको खेल हुँदा सन्दीपले खेल्न पाउने वा नपाउने भन्ने विषय नेपाली क्रिकेटप्रेमीबीच चासो र चर्चामा रहने गरेको छ ।

२०७४ चैत २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: