Sun. Mar 9th, 2025

सातौ राष्ट्रपति रनिङ शिल्ड एडभान्स एकेडेमीमा हुने

२५ चैत, धादिङ

धादिङ क्षेत्र नं २ माध्यमिक विद्यालय स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धादिङमा चैत २६ देखी २८ गतेसम्म हुने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समिती धादिङको आयोजनामा हुने प्रतियोगिता एडभान्स एकेडेमी विद्यालय प्राङ्गणमा हुने भएको हो ।

राष्ट्रियस्तरमा देशलाई आवश्यक पर्ने स्वास्थ्य अनुशाशित र सृजनशिल नागरिक तयार गर्न विभिन्न खेलकुदको पहुँचलाई तल्लो तहसम्म पु¥याउन समाजमा खेलकुद वातावरणका लागि सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो । खेलकुदको उद्घाटन क्षेत्र नं २ का प्रतिनिधीशभा सदश्य खेम लोहनीले गर्ने आयोजकले जनाएको छ ।

सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७४” नाम दिइएको यस प्रतियोगिता सुरुमा प्रतिनीधि सभा निर्वाचन क्षेत्र स्तरीय हुने र क्षेत्रबाट छनौट भएर आएका टिमहरु बीच बैशाखमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले बताए ।

यस वर्षको प्रतियोगितामा नीजि क्षेत्रका विद्यालयहरु समेत सहभागि हुने भएका छन् । गत वर्ष नीजि क्षेत्रका विद्यालय र सरकारी विद्यालय बीच राज्यले विभेद गरेको भन्दै नीजि क्षेत्रका विद्यालयहरु प्रतियोगितामा सहभागी नहुँदा खेलमा सुन्दरता र समानता देखिएको थिएन । जसले गर्दा नीजि विद्यालयका विद्यार्थीहरु खेलबाट बन्चित हुन पुगेका थिए ।

सरकारी तथा नीजि विद्यालयमा पढ्ने १८ ननाघेको ं२ सम्मका अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा भाग लिने छन् । निर्वाचन क्षेत्रको अवधारणा पहिलो पटक ल्याइएको हो ।

२०७४ चैत २५ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: