Wed. Nov 27th, 2024

पेट्रोल र डिजेलको भाउ बढ्यो


१९ चैत,  धादिङ –

नेपाल आयल निगमले इन्धनको मुल्य बृद्धि गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजार मुल्यअनुसार समायोजन गरिएको बताएको छ । सोमबार मध्यरातीबाट लागु हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको हो ।

नयाँ मुल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ५ तथा डिजल र मट्टितेल प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ । नयाँ मुल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ १० पैसा नाफा छ । डिजल र मट्टितेलमा भने ९६ पैसा घाटा रहेको छ । निगमलाई अब पाक्षिक नाफा २० करोड ३० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । भारत भन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा सस्तो छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ ।

२०७४ चैत १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: