Sun. Mar 16th, 2025

रुसको शपिङ सेन्टरमा आगलागी हुदाँ ३७ जनाको मृत्यु


१२ चैत, काठमाडौं–

 

रुसको साइबेरियास्थित एक शपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

स्थानीय मिडियाका अनुसार केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो जहाँ सिनेमा घर छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु छन् । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् ।

आगलागीबाट केही व्यक्ति वेपत्ता छन् । एक सय जनाभन्दा बढीलार्इ उद्धार गरिएको छ ।

स्थानीयबासीका अनुसार सन् २०१३ मा बनाइएको यो शपिङ मल निकै चर्चित छ । यसमा एक सानो चिडियाघर पनि छ ।

आगलागीका कारण खुलेको छैन । रुसको चाँच समितिले यसलाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ ।

२०७४ चैत १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: