Wed. Nov 27th, 2024

गजुरी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाइने

११ चैत, गजुरी –

धादिङको गजुरी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन अभियान थालिएको छ ।

सन् २०३० भित्रै दिगो विकासको लक्ष्य प्राप्ती गर्ने नेपाल सरकारको उद्येश्यलाइ सफल बनाउनको लागि बालमैत्री स्थानीय शासन अवलम्वन गरि सिङगो गाउँपालिकालाइ नै बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङगानाले जानकारी दिइन् । संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि आगामी १५ वर्षको लागि तय गरेको दिगो विकास लक्ष्य प्राप्ती गर्नको लागि नेपाल सरकारले पुरा गर्नुपर्ने १७ सुचकहरुमध्ये स्थानीय तहहरुले बालमैत्री स्थानीय शासन अवलम्वन गरेमा ९ वटा सुचक पुरा हुन्छ ।

त्यसको पहिलो प्रयास स्वरुप बालमैत्री स्थानीय शासन बनाउनको लागि १६ वटा विषयगत क्षेत्रका प्रमुख एवं गाउँकार्यपालिकाका सदस्यहरुको लागि बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणा सम्वन्धी अभिमुखीकरण र बालमैत्री स्थानीय शासन सम्वन्धी सुचक सरलीकरण कार्यशाला गरिएको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय समितिको सिफारिसमा २०६८ असार २१ गते तत्कालिन मन्त्रीपरिषदले राष्ट्रिय रणनिति जारी गरेको थियो । उक्त रणनितिमा समावेश भएका ३९ वटा राष्ट्रिय सुचकहरु पास भएमा मात्रै बालमैत्री गाउँपालिका बन्दछ । ती ३९ वटा सुचकमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ स्थानीय सरकार पञ्जिकरण लगायतका विषयगत क्षेत्रहरु हुने र ती विषयगत क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिए । ३ दिनसम्म चलेको कार्यशालामा बालमैत्री स्थानीय शासन राष्ट्रिय तालिम सहजकर्ता विष्णुप्रसाद सुवेदीले सहजीकरण गरेका थिए । कार्यशालालाइ सहजीकरण गर्दै चतुरवेदीले भने, ‘गाउँपालिकाले बालमैत्री शासन अवलम्वन गरेमा समुदायमा सस्थागत सुशासन हुन्छ, संयुक्त राष्ट्र संघले तय गरेको दिगो विकास लक्ष्यलाइ प्राप्ती गर्न धेरै सजिलो हुन्छ ।’

बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सबाल लाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहार मा संस्थागत गर्ने शासकीय पद्धति हो । यसले स्थानीय निकायलाई बाल बालिकाको हितमा योजना तर्जुमा, स्रोतको विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन जस्ता कार्य गर्न सघाउँदछ ।

देशभरका ४४ वटा स्थानिय तहलाई मन्त्रालयले छानेर बालमैत्री शासन अवलम्वन गर्नका लागि प्रशिक्षण दिएकोमा धादिङबाट गजुरी गाउँपालिका परेको उपाध्यक्ष ढुङगानाले बताइन । ‘आगामी २०७५ सालको मंसिर महिनाभित्र बालमैत्री गाउँपालिका घोषणा गर्नेगरि योजना बनाइएको छ ।’ उपाध्यक्ष ढुङगानाले भनिन्, ‘गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा १३ सदस्यीय बालमैत्री स्थानीय शासन प्रवद्र्धन समिति बनाइ सवै काम उक्त समितिले गर्नेगरि २८ वटा कार्यक्रमहरु मिति नै तोकेर घोषणा गरिएको छ ।’

तोकिएको मिति अनुसार नै घोषणा भएमा धादिङबाट गजुरी गाउँपालिका पहिलो बालमैत्री गाउँपालिका बन्ने छ । यसअघि साविकको १६ वटा गाविस र संघिय संरचना अनुसार ३ वटा स्थानीय तहले मात्रै बालमैत्री शासन अवलम्वन गरेका छन ।

२०७४ चैत ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: