Wed. Nov 27th, 2024

सुत्केरी व्यथा लागेपछि धादिङमा एकजनाले परीक्षा दिन पाएनन्


९ चैत,  धादिङ –

सुत्केरी व्यथा लागेपछि धादिङका एक छात्राले माध्यमिक शिक्षा (एसईई) परीक्षा दिन पाइनन् ।

खनियाबास गाउँपालिकाको बच्छलादेवी परीक्षा केन्द्रमा परीक्षा दिन हिडेकी घले बीच बाटोमा पुगेपछि सुत्केरी व्यथा लागेपछि परीक्षा दिन नपाएकी हुन् । जिल्लाको दोङदेन मावि तिप्लिङमा अध्ययनरत २० वर्षीय एस्तर घलेले अनिवार्य नेपाली विषयको परीक्षा दिन नपाएकी हुन् ।

परीक्षाको दोस्रो दिन सुत्केरी व्यथा लागेपछि परीक्षा दिन नसकेको केन्द्रका केन्द्राध्यक्ष बमबहादुर तामाङले जानकारी दिए । सुत्केरीका लागि अस्पतालमा गई परीक्षा लिने वातावरण नभएको र सहयोगी राखी परीक्षा लिने व्यवस्था नभएका कारण परीक्षा दिन नपाएकी तामाङले बताए ।

२०७४ चैत ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: