८ चैत, धादिङ
माध्यामिक शिक्षा (एसईई) परीक्षाको पहिलो दिन धादिङका १ सय ४१ परीक्षार्थी अनुपस्थित भएका छन् । ती मध्ये ८२ छात्रा र ४७ छात्र रहेका छन् । जिल्लाभरबाट ६ हजार ३ सय ६२ जनाले परीक्षाका लागि फारम भरेपनि सबै परीक्षार्थी सहभागी हुन सकेनन् ।
पहिलो दिन बिहिबार (आज) अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका थिए । धादिङ जिल्लाभर यस वर्ष परीक्षामा ६ सय १ सय ७६ जना विद्यार्थी सहभागी भएका छन् । नियमित तर्फ ६ हजार १ सय २८ जना र एक्जामटेड तर्फ ४८ जना परीक्षामा सहभागी भएका छन् ।
धादिङमा तोकिएको २६ वटै परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण र मर्यादित ढङ्गले परीक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यलय धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा परीक्षा दिने क्रममा २ जना विद्यार्थी आत्तिएर बेहोस भएका थिए । यसबाहेक परीक्षामा कुनै पनि घटना नघटेको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।
२०७४ चैत ८ गते प्रकाशित