Sun. Mar 16th, 2025

आत्मघाती बम विस्फोट हुदाँ काबुलमा कम्तीमा २५ जनाको मृत्यु


७ चैत, अफगानिस्तान –

अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

काबुलको अली अवाद अस्पाताल र कावुल विश्वविद्यालय नजिकै भएको आत्मघाती विष्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ । विस्फोटमा २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउने अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । विस्फोटमा तालिबानको संलग्नता रहेको अफगानिस्तानका स्वास्थ्यमन्त्रीले जनाएका छन् । तालिबानले आज बिहान मात्रै राजधानी कावुलका विद्युत आपूर्ति हुने ट्रान्समिसन लाइन काटिदिएको थियो ।

उत्तरी क्षेत्र कुन्दुर बगलान क्षेत्रमा सरकारले नागरिक हितमा काम नगरेसम्म लाइन जोड्न नदिने तालिबानले चेतावनी दिएको छ ।

 

२०७४ चैत ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: