१. एसईई परीक्षाको तयारी कहाँ पुग्यो ?
एसईई परीक्षा चैत ८ गतेबाट संचालन भई २० गते सकिनेछ । यसको लागि धादिङ जिल्लामा २६ वटा परीक्षा केन्द्रहरु रहेका छन् । यसको लागि परीक्षा समन्वय समिती अध्यक्ष श्रीमान प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीको अधक्ष्यतामा बसेको वैठकले केन्द्राध्यक्षहरुको अभिमुखीकरण गरेर उहाँहरुलाई प्रश्नपत्रको जिम्मा लगाईसकेको छ । उहाहरुले जिल्ला प्रहरी कार्यालयबाट आफ्नो विद्यालयको परीक्षा पत्र रुजु गरेर केन्द्रसम्म लाने काम भईसकेको छ । त्यसैले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।
२. धादिङमा एसईई परीक्षा कति विद्यार्थी सहभागी हुँदैछन् ?
जिल्लाभरका ६ हजार ३ सय ६५ जना विद्यार्थी सहभागी हुने भएका छन् । त्यस मध्ये ६ हजार २ सय ६० जना नियमित तर्फबाट सहभागी हुने भएका छन् भने इक्जामटेड तर्फ १ सय ५ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
३. कति वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ?
जिल्लाभर गरेर २६ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । परीक्षामा सहभागी विद्यार्थीहरुलाई पायक पर्ने विद्यालय हेरेर परीक्षा केन्द्र निर्धारण गरिएको छ । अर्को विगतमा कहाँ कहाँ तोकिदै आएका थिए कुन परीक्षा केन्द्रमा परीक्षा संचालन गर्नको लागि भौतिक सुविधाहरु उपयुक्त छ सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त छ कि छैन त्यसलाई पनि हेर्ने गर्छौ । अर्को हाम्रो मुख्य आधार भनेको विद्यार्थी संख्या एउटा परीक्षा केन्द्रको लागि कति विद्यार्थी चाहिन्छ भनेर तोकेको हुन्छ न्युनतम १५० जना विद्याथी हुनुपर्छ । अधिकतम २५० जना विद्यार्थी राख्न पाउछौ र त्यस आधारमा परीक्षा समन्वय समितिले हरेक वर्ष परीक्षा हुनु अगाडी नै परीक्षा नियन्त्रण कार्यलयको नीति, निर्देशन र हामीसंग भएको तथ्यगत आधारहरुलाई आधार वनाएर परीक्षा केन्द्रहरु तोक्ने गर्छौ ।
४. परीक्षा सम्पन्न भएको कति दिनमा उत्तरपुस्तिका सदरमुकाम आउँछ ?
हामीले २६ वटा परीक्षा केन्द्रहरु तोकेका छौ । सबैभन्दा दुर्गममा रहेको गंगाजमुना गाउँपालिकामा दुईवटा परीक्षा केन्द्र छ र खनियावासमा एउटा परीक्षा केन्द्र तोकिएको छ । त्यसको उत्तरपुस्तिका लेराउन केहि समय लाग्छ यद्यपी हामीले सुरक्षा निकायहरुसंग समन्वय गरेर परीक्षा सकिएको दुई दिन भित्र हामी सदरमुकाममा उत्तरपुस्तिका संकलन गरिसक्नेछौँ ।
५. परीक्षालाई अनुशासित र मर्यादित बनाउन के कस्ता प्रयास भईरहेको छ ?
सवैभन्दा चुनौती भनेकै परीक्षालाई कसरी मर्यादित, व्यवस्थित बनाउने र कसरी शान्तिपूर्ण वातावरणमा परीक्षा सम्पन्न गर्ने भन्ने हो । सम्पुर्ण स्थानिय तहका प्रमुखहरुलाई परीक्षाको लागि आवश्यक व्यवस्थापन र अनुगमन गरीदिन भनेर परीक्षा समन्वय समितिले आग्रह गरेका छौ । शिक्षा कार्यलय मार्फत रहेको संयन्त्र त्यसै गरी स्थानिय तहमा रहनुभएका शिक्षा अधिकारीहरुलाई पनि अनुगमन र निरीक्षणको लागि भनेर खटाएका छौ , त्यसै गरी आवश्यक मात्रामा परीक्षा समन्वय समितिका पदाधिकारीहरुलाई पनि सवै परीक्षा केन्द्रहरुमा समानुपातिक ढङगमा आफ्नो पहुच पु¥याउने तवरले निरीक्षण र अनुगमनको व्यवस्था मिलाएका छौ जुन कुरा प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार सवै सुरक्षाका प्रमुखहरु पनि त्यसमा सदश्य हुनुहुन्छ । त्यसैले हामी सवै परीक्षा केन्द्रहरुमा हामी पुग्नेछौ र त्यो संयन्त्र हामीले बनाएका छौ ।
६. ग्रेडिङ पद्धतिमा नतिजा आउने हुन्छ, यसले केहि असर पार्छ कि पार्दैन ?
परीक्षा प्रणालीमा गत साल देखि नै नयाँ पद्धती आएको छ । अहिले तेस्रो वर्ष हो । सुरुमा लामो समयदेखि भोगिआएको डिभिजनको आधारमा जुन नतिजा पाउथ्यौ अभ्यस्त भईसकेका थियौ अहिले ग्रेडिङमा आउँदा थोरै नौलो त पक्कै पनि भएको छ । हामीले कहि कतै सुनेका छौ, भाईबहिनीहरुमा पढ्ने बानी हटेको छ तर सकारात्मक रुपमा हेर्ने हो भने शिक्षा मन्त्रालयले सरकारले १० वर्ष शैक्षिक लगानी गरेका हुन्छन् । विद्यार्थी कुनै एउटा विषयमा कमजोरी भएका हुन्छन् उसको सवै विषयमा कमजोर हुदैन कुनै एउटा विषयमा कमजोर हुन सक्छ तर अर्को विषयमा राम्रो नतिजा ल्याउन सक्ने क्षमता रहेको हुन्छ भन्ने कुरालाई आधार मान्दै विश्वभरी नै यो नियम लागु भएको हो । त्यसैले जो संग जुन क्षमता छ त्यसको आधारमा अगाडी वढ्न सक्छन् भन्ने यसको मान्यता हो तर यसको नकारात्मक पक्षलाई समाजले विद्यार्थीले लिएकी भन्ने चिन्ता र चासो चै उठेको छ ।
७. परीक्षाको नियम उल्लङघन गरेमा के कारवाहि हुन्छ ?
सकेसम्म त हामीले कारबाही गर्न नपरोस भन्ने वातावरण सिर्जना गर्ने छौ उनीहरुलाई सम्झाई वुझाई गर्नमा नै जोड दिने छौ यदि यसो गर्दा पनि मानेनन् भने त्यस्ता विद्यार्थीलाई परीक्षाको दिन परीक्षाको अनियमितता हेरेर चिट चोरेको छ भने उनीहरुलाई केहि समय वारनिङ दिएर राख्ने काम गर्छौ । त्यति गर्दा पनि नियम उल्लङघन गर्नेलाई उत्तरपुस्तीका खोसीदिने र उनीहरुले नमाने भने १ लाख रुपयाँ जरीवाना तिर्नुपर्ने नियम वनाएका छौ ।
८. यस अघि सम्पुर्ण अधिकार शिक्षा कार्यलयले जिम्मेबारी लिने गर्दथ्यो अहिले स्थानिय तह बनिसकेपछि सम्पुर्ण अधिकार स्थानिय तहलाई प्रत्याभुती गरेको छ, यसमा के हुन्छ ?
यसलाई सहज रुपमा लिनुपर्छ, राज्यले गरेको निर्णय हो , नयाँ भएको कारणले केहि हामीलाई असहज पनि हुन सक्छ, यदि सरकारले नै प्रशासनिक इकाईहरु अब जिल्ला तहमा नरहने स्थानिय तहमा प्रदेश र केन्द्रमा भनेर तोकेको छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको सम्पुर्ण व्यवस्थापकिय जिम्मेबारी स्थानिय तहलाई दिईसकेको अवस्थामा यसलाई हामीले सहज रुपमा नै लिगेका छौ । अहिले प्रशानिक रुपले केहि संक्रमण देखिएको छ भने, शिक्षा ऐन नियम पनि खारेज नभएको र जिल्ला शिक्षा कार्यलय पनि एक्टिभ नै छ । अर्कोतिर निर्वाचित जनप्रतिनिधिहरु आउनुभएको छ उहाँहरुसंग व्यवस्थापकिय र न्यायपालिकाको अधिकारहरु छ उहाँहरुले ऐन नियमहरु बनाईसक्नु भएको छैन । प्रयाप्त रुपमा अभ्यास नभएको कारण काम गर्न केहि अन्योल नै भएको छ । तर राज्यले गरेको व्यवस्थालाई सहज रुपमा नै लिएका छौ ।
९. अन्त्यमा एसईई परीक्षा तयारी गरेर वसीरहेका विद्यार्थीहरुलाई प्रमुख जिल्ला शिक्षा अधिकारीको हिसाबले के भन्नुहुन्छ ?
सम्पुर्ण परीक्षार्थी भाईवहिनीहरुलाई, अभिभावक ज्युहरुलाई शिक्षक ज्युहरुलाई हार्दिक् आग्रह गर्न चाहान्छु यो नियमित परीक्षा हो यसलाई विशेष रुपमा नलिईकन विद्यार्थीले हरेक वर्ष अध्ययपन पश्चात उनीहरुको क्षमता लागत परीक्षण गर्छौ । त्यो एउटा प्रक्रिया हो त्यो प्रक्रिया पुरा गर्नको लागि हाम्रै शिक्षकहरु संयन्त्रहरु प्रयोग गरीएको हुन्छ त्यसैले त्यसलाई नआत्तिकन सोधिएको प्रश्नलाई नडराईकन उत्तर दिनुहुन अनुरोध गर्दछु । यो अनौठो नौलो भन्ने कुरा नवुझिकन सहज रुपमा लिईदिनुहुन र सरल र अनुशाशित भएर आफ्नो क्षमता तथा प्रतिभाहरुलाई प्रदर्शन गर्न र आफ्नो भविष्यको वाटो निर्धारण गर्न अभिभावकहरुको ईच्छा चाहना बुझ्न र राज्यको लक्ष्य उदेश्यमा सघाउ पु¥याउन प्यारा भाईबहिनीहरुलाई आग्रह गर्दछु ।
२०७४ चैत ७ गते प्रकाशित