Fri. Jan 31st, 2025

धादिङका स्थानीय तहलाई सहकारी हस्तान्तरण

dav

५ चैत,  धादिङ  –

डिभिजन सहकारी कार्यालय धादिङले स्थानीय तहलाई सहकारी हस्तान्तरण गरेको छ ।

संघीय संरचना अनुसार सबै स्थानीय तहले सहकारीको काम गर्ने भएपछि सहकारी हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यलय धादिङले जानकारी दिएको छ ।

अहिलेसम्म १० वटा गाउँपालिकालाई सहकारी सम्बन्धी आवश्यक सम्पूर्ण कागजातसहित हस्तान्तरण गरिएको छ । बाँकी तीन खनियाबास गाउँपालिका, निलकण्ठ र धुनिबेशी नगरपालिकालाई क्रमैसँग सहकारी हस्तान्तरण गरिने कार्यलयले जनाएको छ । अब सम्पूर्ण कार्यहरु स्थानीय तहको मातहतमा हुनेछ ।

धादिङ जिल्लामा छ वटा संघ र ४ सय १५ प्रारम्भिक सहकारी गरी कुल ४ सय २१ सहकारी संस्थाहरु रहेका छन् ।

२०७४ चैत ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: