

५ चैत, धादिङ–
धादिङका ३१ हजार ९ सय ३७ भूकम्प प्रभावित सरकारबाट पाउने दोस्रो किस्ताका लागि योग्य भएका छन् ।
शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांक अनुसार प्रमाणीकरण भएका लाभग्राहीले आफ्नो आवश्यकता अनुसार बैंकबाट घर पुनर्निर्माणका लागि डेढ लाख रुपैयाँ लिन सक्नेछन् । देशभर दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ३ लाख ३ हजार ५ सय ५५ पुगेको छ ।
दोस्रो किस्ताको लागि योग्य ठहरिएका लाभग्राहीहरुमा सबै भन्दा धेरै सिन्धुपाल्चोकमा रहेको तथ्याङ्कले देखाएको छ । सिन्धुपाल्चोकमा ५१ हजार ९ जना भूकम्प प्रभावितले पाउने भएको छ । त्यसैगरी, नुवाकोटका ४१ हजार ७ सय ९४, गोरखाका ३६ हजार ८ सय ६५, दोलखाका ३४ हजार २८ र काभ्रेपाल्चोकका २३ हजार ९ सय ४५ जनाले दोस्रो किस्ता पाउने प्राधिकरणले जनाएको छ ।
२०७४ चैत ५ गते प्रकाशित