Sun. Mar 16th, 2025

रुसी राष्ट्रपतिमा पुटिन चौथो कार्यकालका लागि निर्वाचित


५ चैत, रुस –

रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन भारी मतले विजयी भएका छन् । हिजो भएको निर्वाचनमा ७६ प्रतिशत मत ल्याउँदै पुटिन आगामि ६ वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।

पुटिनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसनका उम्मेदवार व्यापारी पाभेल गुर्डीनिनले १२ प्रतिशतमात्र मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । पुटिन भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए । मुख्य विपक्षी नेता अलेक्सी नाभाल्नीलाई चुनावमा भाग लिनबाट रोक लगाइएको थियो ।

पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्ताको केन्द्रमा रहँदै आएका छन् । उनी सन् २००० मा भएको निर्वाचनमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । सन् २०१२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि पुटिनले ६४ प्रतिशत मत प्राप्त गरेका थिए ।एजेन्सी

२०७४ चैत ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: