अनिता शाक्य / ५ चैत, धादिङ –
चैत ८ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा (एसईई) परीक्षामा लागि धादिङमा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षाका लागि यस वर्ष महेशधर्म मावि जीवनपुर, मच्छिन्द्र मावि खानीखोला, जनजागृति मावि थाक्र्रे, महाकाली मावि सिम्ले, बागेश्वरी मावि बैरेनी, जनकल्याण मावि बैरेनी मासटार, आदर्श मावि गजुरी निर्धारण गरिएको छ । त्यस्तै बागेश्वरी मावि रिचोकटार, चन्द्रोदय मावि विशालटार, मिन्दुका मावि नलाङ, देउराली मावि ससाह, नीलकण्ठ मावि धादिङबेसी, शमिभन्ज्याङ मावि मैदी, संस्कृत तथा साधारण मावि मैदी, रानीपौवा मावि सल्यानटार, अचने मावि खहरे, बद्रीविशाल मावि बुढाथुम रहेको छ ।
त्यसैगरी मण्डली मावि फूलखर्क, धादिङ आवसीय मावि धादिङबेसी, महेन्द्रबाराही मावि कटुञ्जे, बच्छलादेवी मावि सत्यदेवी, चिल्ड्रेनपार्क मा वि धादिङबेसी, बालमन्दिर मावि धादिङबेसी, सुनखानी मावि चैनपुर, सिद्धेश्वर मावि नलाङ र तामाङखर्क उमावि गुम्दी रहेको छ ।
परीक्षाका लागि तयारी भइरहेको कार्यलयले जनाएको छ । नेपालमा वि.स. १९९० सालदेखिको लामो इतिहास रहेको एसएलसी परीक्षा गत वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (इस.इ.इ) का नाममा हुँदैछ । परीक्षाको नतिजा ग्रेडिङ तरिकाले प्रकाशन हुने गर्दछ ।
जिल्लामा परीक्षालाई व्यवस्थित रुपमा संचालन, व्यवस्थापन र अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समन्वय समिति बनाइएको छ । परीक्षामा अमर्यादित कार्य गरेमा, अरुको परीक्षा दिएमा र परीक्षाको मर्यादा भंग गरेमा कारबाही गरिने बताइएको छ । त्यस्तो कार्य गरेको पाइएमा परीक्षार्थीको परीक्षा उद्द गरी कम्तिमा दुई वर्षसम्म निष्काशन गर्न सकिने तथा १ लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ ।
परीक्षामा धादिङ जिल्लाबाट ६ हजार ३ सय ६२ जना परीक्षार्थीहरु सहभागी हुने जिल्ला शिक्षा कार्यालय धादिङले जानकारी दिएको छ ।
२०७४ चैत ५ गते प्रकाशित