

४ चैत, काठमाडौँ –
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएका छन् । संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाइन् ।
राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २/ २ सांसद रहेका छन् ।
आजको राष्ट्रियसभा बैठकमा ५६ जना सांसदको उपस्थिती रहेको थियो ।
२०७४ चैत ४ गते प्रकाशित